लन्डन।राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखाको आठौँ लोकदोहोरी स्वर्णिम साँझ सम्पन्न भएको छ । शनिबार, ३१ मेका दिन फार्नबोरोस्थित सामुएल कोडी स्कुलमा भव्य रूपमा कार्यक्रम भएको हो ।

कार्यक्रममा कलाकार आश्रम गुरुङ,गायिका जुन श्रीस, बालचन्द्र बराल, रिना थापा, प्रसाद खप्तरी मगर, आरसी पौडेल, विमल परियार, देवी आले, अनुपा मगर, शर्मिला बिसी, भूमिका शाह, सृष्टि पुन, शाहिमा श्रेष्ठ, कालिका रोका मगरलगायत कलाकारहरूले प्रस्तुति दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि डेभिड गुरुङले यस्ता कार्यक्रमहरूले हाम्रो लोक तथा दोहोरी गीतलाई जगेर्ना गर्न भूमिका खेल्ने बताए । 
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखाको आयोजनामा सम्पन्न आठौँ लोकदोहोरी स्वर्णिम साँझ कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएन यूके) का प्रमुख संरक्षक डेभिड गुरुङलाई विशेष सम्मान गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित गुरुङलाई प्रतिष्ठानले नेपाली लोकसंस्कृति प्रवर्द्धनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरेको हो।
गुरुङले आयोजकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै लोक तथा दोहोरी गीत र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धनमा सबै कलाकारहरुको योगदानप्रति उच्च सम्मान व्यक्त गरे।
कार्यक्रममा यूकेमा रहेका कलाकार, लोकसङ्गीतप्रेमी, सामाजिक अगुवा र प्रवासी नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।






