सिएनसिबिजिले साधारणसभा गर्दै विशेष कार्यक्रम सहित मनायो नेपाली नयाँ वर्ष

लन्डन । बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता सिएनसिबीजिले सस्थाको साधारणसभा गर्दै विशेष कार्यक्रम सहित नेपाली नयाँ बर्ष भब्य रुपले मनाएको छ।

अल्डरसट स्थित द-प्यालेस रेष्टुरेण्टको साभाहलमा
नेपाली नयाँ वर्षको उत्सब २० अप्रिल २०२५ आइतबार
विशेष कार्यक्रमसहित मनाइएको अध्यक्ष थर्क रानाले लण्डन नेपाल न्यूजलाई जानकारी दिए।

बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबी)  अध्यक्ष थर्क रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु गरिएको थियो।

कार्यक्रम नेपाल चाप्टर (भूतपूर्व सैनिक कल्याणकारी समिति नेपलका अध्यक्ष हुम बहादुर थापाज्यूको प्रमुख आतिथ्यमा संस्थाको पहिलो वार्षिक साधारण सभा भव्यताकोसाथ सम्पन्न भएको थियो । उक्त साधारण सभामा बेलायतमा रहेका विभिन्न संघ संस्थाका अध्यक्ष, उपाध्यक्ष तथा सल्लाहकारज्यूहरु, केन्द्रिय समितिका सदस्यहरु साथै सर्वसाधारणहरुको गरिमामय उपस्थिति रहेको थियो । दुई खण्डमा रहेको कार्यक्रम अपरान्ह १ बजे सुरु भई सधारण सभापछि नेपाली नयाँ वर्ष २०८२ को उपलक्षमा नेपालबाट बेलायत आउनुभएकी चर्चित गायिका पवित्र गुरुङको उत्कृस्ट सांगीतिक कार्यक्रम रहेको थियो ।

कार्यक्रम अध्यक्ष श्री थर्क रानाज्यू र प्रमुख अतिथि सिएनसिबिजिको नेपाल च्याप्टर(भूपू सैनिक कल्याणकारी समिति नेपाल)का अध्यक्ष श्री हुम थापाज्यूले पानसमा बत्ती बाल्नुभए पश्चात नेपाल र बेलायत दुबै देशको राष्ट्रिय धुन बजाएर सुरुवात गरिएको थियो । विशिष्ठ अतिथि र अतिथिज्यूहरुलाई श्रीमती शोभा राना र श्रीमती रामलादेवी राईज्यूहरु द्वारा खादा लागाएर स्वागत गरिएको थियो । महासचिव भक्त रानाज्यूले संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष श्री दल बहादुर बुढाथोकीज्यूले स्वागत मन्तव्य सहित आफ्नो मन्तव्य राख्नु भयो । त्यस्तै कोषाध्यक्ष श्री याम थापाज्यूले संस्थाको अहिलेसम्मको आर्थिक विवरण वृस्तितमा प्रस्तुत गर्नु भएको थियो भने सह प्रवक्ता श्री दिर्ग गुरुङज्यूले विधान प्रस्तूत गरी पारित गराउनु भएको थियो ।
त्यसपछि प्रमुख अतिथि श्री हुम थापाज्यूले नेपाल च्याप्टर तथा समितिको विषयमा जानकारी दिनुभएको थियो भने सि.एन.सि.बि.जि.का अध्यक्ष श्री थर्क राना, केन्द्रिय सदस्य श्री कृष्ण राई र सल्लाहकार भूपू मेजर बीरबहादुर सुनुवारज्यूको एक डेलिगेसन नेपाल गएको बेला सि.एन.सि.बि.जी. र भूपू सैनिक कल्याणकारी समितिको संयुक्त संयोजकत्वमा गृहमन्त्री मा.रमेश लेखकज्यूसँगको भेट लगायत १० फाल्गुन शनिवारको दिन ललितपुरको जावलाखेल स्थित, सालिग्राम होटेलमा भूतपूर्व प्रधानमन्त्री श्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा पूर्व मन्त्री तथा सांसदहरुको उपस्थितिमा गरिएको जानकारी भेला र विभिन्न मन्त्रालय र पार्टी कार्यालयमा पुगी बुझाइएको ज्ञापनपत्रहरुको बारेमा के.स. राईज्यूले वृस्तितमा अप्डेट गराउनु भएको थियो ।

कार्यक्रममा सल्लाहकार डा. मुलिवीर राईज्यूले वंशजको आधारमा नेपाली नागरिकता निरन्तरताको अभियान तथा यसको महत्व र आवश्यकता बारे विभिन्न तथ्य र आधारहरु पेश गर्दै सबैलाई सि.एन.सि.बि.जि.को अभियानमा स्वत स्फुर्त जोडिएर सहयोग गर्नु पर्ने आजको आवश्यकता हो भन्दै जोड दिनु भएको थियो ।
त्यसैगरी गोर्खा अभियन्ता एवं अनसनकर्ता तथा नेपाल समाजवादी कांग्रेस पार्टीकी उपाध्यक्ष पुष्पा राणा घलेज्यूले पूर्व वक्ताहरुको भनाई प्रति समर्थन जनाउदै सन्धि सम्झौता अन्तर्गत भर्तिभएका गोर्खालीहरु र तिनका सन्ततिहरुलाई नेपाल सरकारले बिनाशर्त नागरिकता निरन्तरता दिनुपर्छ भन्दै त्यस कुरामा नेपाल सरकारलाई दबाव सिर्जना गर्न र संवोधन गराउन सबै गोर्खा संघ संस्थाहरुबीच एकताको खाँचो औंलाउदै एकताकोलागि जोडदार रुपमा आव्हान गर्नु भयो ।

त्यस लगत्तै गेसोका उपाध्यक्ष होम तामाङ्गज्यूले सि.एन.सि.बि.जि.का अध्यक्ष थर्क रानाज्यू समक्ष तपाईं तत्कालिन बि.जि.एन.सि.सि.सि.युकेको अध्यक्ष हुँदा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाउने क्रममा उक्त ज्ञापनपत्रमा गोर्खा भूपू सैनिकलाई “गैर आवासिय गोर्खा नेपाली” भनियोस भनिएको भन्ने सुनिन्छ के त्यो वास्तविकता हो ? भन्ने प्रश्नको जवाफमा अध्यक्ष रानाले त्यसबेलाको परिथितिमा एन.आर.एन.ए.का अध्यक्षहरुले हाम्रा सिधासाधा गोर्खाहरुलाई भटाभट एन.आर.एन.ए.को सदस्यता वितरण गरिरहेको अवस्था थियो । त्यसैले गोर्खाहरुलाई एन.आर.एन.हरु भन्दा फरक हुन भन्ने देखाउनकोलागि कल्पना गर्दै गर्दा उब्जिएको शब्द हो त्यो, जुन यहाँहरु जस्ता हाम्रा धेरै साथीहरुलाई मन नपरेको हुँदा मैले त्यतिबेलै एन.आर.एन. भन्ने शब्द अब उप्रान्त प्रयोग गरिने छैन भनेर माफी मागी सकेकै हो । अब त त्यसलाई छोडेर हामी धेरै अगाडि बढिसकिएको र त्यसले गर्दा नै आज हामी यहाँसम्म आइपुगेको अवस्था छ । त्यसबेलादेखि आजसम्म हाम्रो संस्थाले गोर्खाहरुको सम्बन्धमा एन.आर.एन. भन्ने शब्द कहिँ कतै प्रयोग गरेको छैन र अब पनि गरिने छैन । त्यतिले मात्र तपाईंहरुको चित्त बुझेको छैनभने म अहिले पनि यहि मन्चबाट यहाँहरु समक्ष माफि माग्दछु। संस्थालाई अघि बढाउने क्रममा काम गर्दै जाँदा हुने भुलचुकवस अथवा अन्जानमा हुने कमिकमजोरी उपर संस्थाभित्र छलफल गरी सहमति र असहमति प्रकट गर्नेहोला । त्यस्तो कुरा उपर समितिमा कुनै छलफल नगरी संस्थालाई आघात पुग्नेगरी बाहिर बाहिरै अरजकता मच्चाउँदै हिंड्नु जायज र वुद्धिमत्तापूर्ण काम त होईन होला नि भन्ने अध्यक्ष रानाको जवाफ थियो । त्यस्तै वहाँले बि.जि.एन.सि.सि.सी. यूकेबाट किन सि.एन.सि.बि.जी. बनाउनु पर्‍यो भन्ने प्रश्नको बारेमा पनि बि.जि.एन.सि.सि.सि. यूकेलाई च्यारिटीमा दर्ता गराउने क्रममा बृटिश भन्ने शब्द अगाडि राख्दा बेलायतको कानुन अनुसार त्यो संस्था दर्ता गर्न नमिल्ने भएको कानुनी सल्लाहा बमोजिम सि.एन.सि.बि.जी. नामकरण हुन गएको बारे प्रष्ट पार्नुभयो ।

नेपाल सरकारलाई संधिसँग जोडेर उसले संधि उलंघन गरेको भनि मुद्दा हाल्न सकिन्छ भनिएको छ । के नेपाल सरकारले संधि मान्नै पर्ने त्यस्तो अन्तराष्ट्रिय वाध्यता के छ ? भन्ने देउ कुमार गुरुङ्गज्यूले सोध्नुभएको प्रश्नमा सि.एन.सि.बि.जि.का सह प्रवक्ता तथा केन्द्रिय सदस्य दिर्ग गुरुङ्गज्यूले बेलायती सेनामा नेपाली नागरिक (बृटिश गोर्खा) हरू भर्तिसम्बन्धि व्यवस्था ऐतिहासिक रूपमा दुई राष्ट्रबीच भएको परम्परागत सहमति तथा दस्तावेजमा आधारित अन्तर्राष्ट्रिय प्रकृतिको व्यवस्था हो। यस किसिमको व्यवस्था Vienna Convention on the Law of Treaties, 1969 (VCLT) अन्तर्गतको सन्धिको रूपमा विश्लेषण गर्न सकिन्छ । उक्त सन्धिको धारा २६ ले यस्तो व्यवस्था स्पष्ट रूपमा मान्यता दिएको छ । जसअनुसार “प्रत्येक वैध सन्धि त्यसका पक्षधर राष्ट्रहरूका लागि बाध्यकारी हुन्छ र त्यसलाई उनीहरुले विश्वासपूर्वक कार्यान्वयन गर्नुपर्ने हुन्छ।”

त्यसैगरी, धारा २७ ले “कुनै पक्षधर राष्ट्रले आफ्नो आन्तरिक कानुनको आधारमा संधि नमान्ने वा सन्धिको नीति नियमलाई पालना नगर्ने हो भने उसलाई अन्तर्राष्ट्रिय संधि कानुन लागू हुनेछ । यसकारण यदि नेपाल सरकारद्वारा बेलायती गोर्खा भर्तिलाई अन्तर्राष्ट्रिय सन्धिका रुपमा नमान्ने अडान लिन्छ भने उक्त अडान VCLT अन्तर्गतको अन्तर्राष्ट्रिय कानुनी सिद्धान्त विपरित हुनेछ । त्यस अवस्थामा, VCLT को धारा २६ र २७ को उल्लंघन गरेको आधारमा सम्बन्धित पक्षहरुले अन्तर्राष्ट्रिय अदालत (International Court of Justice) वा अन्य अन्तर्राष्ट्रिय कानुनी संयन्त्रमार्फत मुद्दा दर्ता गर्न सक्ने अधिकार रहेको हुँदा नेपाल सरकारले सन्धिलाई मान्नै पर्ने बाध्यता हुन्छ ।

यसरी पहिलो सेशनको अन्त्य गरिदै गर्दा सम्पूर्ण संस्थाबाट पाल्नु भएका संस्थाका प्रतिनिधिज्यूहरु: तमु पेल्हु संघ युकेका अध्यक्ष क्या. (रि) डेम बहादुर गुरुङ, तमु धिं यूकेका अध्यक्ष श्री जुमकाजि गुरुङ, मगर संघ यूकेका अध्यक्ष श्री लालबहादुर पुन मगर, जिमी राई उत्थान समाज यूकेका क्या. सहविर राई, बुटवल एसोसिएसन यूकेका क्या. (रि) ताम ढेंगा, तमु समाज केन्टका क्या. (रि) डोल बहादुर गुरुङ, पैयुखोला मगर समाज यूकेका अध्यक्ष श्री नेत्र आले, गोर्खा नेपालीज कम्युनिटी पिटरबरोका सचिव श्री तुल पुन र निर्मल थापा मगर महासचिव मगर बुद्धिष्ट सोसाईटी युके, देव बहादुर गुरुङ अध्यक्ष कोशोभो गुरुङ समाज यूके, नरेन्द्र नेम्बाङ्ग योगा गुरु, नरेश गुरुङ पूर्व अध्यक्ष बिसिसी यूके, देउ गुरुङ संस्थापक कोशोभो गुरुङ समाज यूके, सल्लाहकारहरु: क्या. (रि) विर बहादुर गाहा, क्या.(रि) रणध्वज राना, क्या.(रि)लाल बहादुर राना, क्या.(रि) डेम बाहादुर गुरुङ, ले.(रि) प्रेम तामाङ, मे.(रि) भिम बहादुर गुरुङ एम.भि.ओ. संस्थापक अध्यक्ष कोशोभो गुरुङ समाज यूके, मे.(रि) कुल बहादुर थापा, डा.मुलिविर राई, श्री नारायण किशोर पुन, क्या. सहविर राई, डा. चजिन्द्र राना, क्या. सहविर राई सबैलाई समर्थन र एक्यवद्धताको लागि एकमुष्ट धन्यबाद ज्ञापन गरिएपछि, दोस्रो चरणमा डि.सि.एम. श्री सोभराजगुरुङज्यू र ८४ बर्षिय ठिटो क्या.रि विर बहादुर गाहा मगर र चर्चित गयिका चेली पवित्र गुरुङज्यूहरुले नयाँ वर्षको धमका मच्चाउनु भएपछि १० बजे सम्पूर्ण कार्यक्रम अन्त्य भएको थियो ।