सिड्नी । नेपालीपन र मौलिकतालाई अस्ट्रेलियामा प्रवद्र्धन गर्ने उद्धेश्य सहित आयोजना हुँदै आएको नेपाल फेस्बिटल क्यानबेराको तयारी पुरा भएको छ । एनआरएनए अस्ट्रेलियाको आयोजनामा अस्ट्रेलियाका ५ सहरमा आयोजना गरिएको फेस्बिटल मार्च ९ तारिख ऐडिलेडबाट सुरु भएको थियो । क्यानबेरामा यही मार्च २१,२२ र २३ तारिख क्यानबेराको स्टेज ८८ कमनवेल्थ पार्कमा आयोजना हुँदैछ ।
एनआरएनए एसिटिका संयोजक विक्रम सुवेदीका अनुसार फेस्टिबलको तयारीका कामहरु अन्तिम चरणमा पुगेका छन् । फेस्टिबलमा परेडमा झाँकी, कुमारी रथ यात्रा र पन्चेबाजा सहित नेपाल हाउस विशेष आकर्षणको रुपमा रहने उनको भनाई छ । कार्यक्रमको प्रायोजन अजी फाइनान्स एण्ड होम लोनले गरेको छ । क्यानबेरा क्षेत्र वरिपरि रहेका सबै नेपालीलाई नेपाली कला संस्कृती, नेपाली खानाका परिकारहरुको स्वाद लिँदै बहुसांस्कृतिक समुदायलई पनि नेपाल र नेपालीपन झल्कने कार्यक्रममा सहभागी हुन संयोजक सुवेदीले आग्रह गरेका छन् ।
नेपाल फेस्टिवलमा बिहान १० बजेबाट परेड सुरु हुनेछ । परेड संयोजक कृष्ण सुवेदीका अनुसार एक हजार भन्दा धेरै नेपालीहरुको उपस्थितिमा नेपाली मौलिक जात जातिका भेषभूषा र विभिन्न झॉंकिहरु परेडमा प्रस्तुत गरिनेछ । कार्यक्रममा नेपालका चर्चित गायक शिव परियार, गायिका समिक्षा अधिकारी र कन्दरा ब्याण्डले आफना प्रस्तुती दिनेछन् । त्यस्तै अन्य दर्जनौँ स्थानीय कलाकाहरुद्धारा गीत, संगीत र नृत्य पनि प्रस्तुत गरिनेछ । विदेशीहरुलाई नेपाली संस्कृति, संस्कार, रहनसहन र शालीनता देखाउने बेला रहेको भन्दै कार्यक्रममा उपस्थित हुन सम्पूर्ण नेपालीहरुलाई आयोजक संस्थाले अनुरोध गरेको छ ।







