
फडिन्द्र भट्टराई,
लण्डन,
गुल्मी जिल्ला समाज यूकेले बर्षेनी गर्दै आईरहेको समर भेटघाट कार्यक्रममा यस बर्ष पनि प्रस्तुतिको लागी नेपाल बाट कलाकारहरु आउने भएका छन । आगामी अगस्ट २ तारिक मेड्स्टोन केन्टमा हुने कार्यक्रममा प्रस्तुति दिन नेपालको गुल्मी जिल्लामै घर हुने लोक कलाकारहरु मंजु पौडेल र प्रसाद मगर कार्यक्रमको लागी बेलायत आउन लागेका हुन ।
![11719922_10204523027624539_1909023739_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/07/11719922_10204523027624539_1909023739_n1-150x150.jpg)
![11722014_10204523027664540_2025334532_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/07/11722014_10204523027664540_2025334532_n1-150x150.jpg)
लोक गायनमा ख्याति कमाएका दुवै कलाकार राष्ट्रिय रुपमै चर्चित मध्येका हुन । महासचिव राम गलामीका अनुसार उनीहरुको भिसा हात परिसकेको छ र उनीहरु यहि महिनाको अन्त्य सम्ममा लण्डन आइपुग्ने छन । समाजको गत बर्षको कार्यक्रममा लोक गायक पशुपति शर्मा र जमुना सनमले झन्डै डेढ हजार दर्शकको सामु जोडदार प्रस्तुति दिएका थिए ।
देश र जिल्लामा गरेको परोपकारी काम बाट नाम कमाएको गुल्मी जिल्ला समाज यूकेले बर्षको एक पटक आयोजना गर्ने समर बार्बेक्यू कार्यक्रमको पनि मनोरंजनका हिसावले बेलायतमा उत्तिकै चर्चा हुने गर्दछ। खुला चौरको बार्बेक्यूमा गुल्मेली नौमती बाजा, डम्फु मादल सहितको गुल्मेली झ्याउरे लगायतका सांस्कृतिक प्रस्तुतिले गाउ घरको झल्को मेटाउने बताउछन सहभागीहरु ।
अध्यक्ष अर्जुन गौतमका अनुसार यसपालिको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भईसकेको छ । उनले सम्पूर्ण बेलायतवासी गुल्मेली तथा गैर गुल्मेली सबै नेपालीलाई कार्यक्रममा सहभागी भएर मनोरंजन लिन आव्हान गरेका छन । उक्त कार्यक्रममा बजाईने संस्थापक अध्यक्ष स्वयंको संयोजनमा रहेको गुल्मेली नौमती बाजा पनि बेलायतमा उत्तिक्कै लोकप्रिय बनेको छ ।
कार्यक्रमको टिकट दस्तुर £१३.०० बयस्कको र ६ देखि ११ बर्ष सम्मका बच्चाको £१०.०० राखिएको छ। सचिव शिव भण्डारीका अनुसार यसपाली पनि सधैजसो बचत रकम संस्थाको परोपकारी कोषमा जाने छ






