सिड्नी अष्ट्रेलियाका लागि नेपाली राजदूत यादवले २० जनवरीमा राजदूतावासको पदभार सम्हालेकी छन। अस्ट्रेलियाको राजदूतमा नियुक्त चित्रलेखा यादव १७ जनवरीमा सिड्नी आइपुगेकी थिइन। । गत मसिंर ९ गते राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई अस्ट्रेलियाको लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका थिए ।

राजदूत नियुक्त भएसंगै आफ्नो कार्यभार सम्हाल्न क्यानबेरा आईपुगेकी यादवलाई एनएसडब्ल्यूका वाणिज्यदूत सञ्जिव शर्मा, एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल, जनसम्पर्क समिति पूर्व अध्यक्ष कृष्ण गिरि लगायतले विमानस्थलमा स्वागत गरेका थिए । उनले फेब्रुवरी पहिलो हप्ता आहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम रहेको छ । अस्ट्रेलिया आएसंगै उनले आफ्नो कार्यकालमा दुई देशबीचको आपसी कुटनीतिक सम्बन्ध प्रगाढ बनाउने र नेपालीहरुलाई सहज र सरल सेवा प्रदान गर्ने गरी काम गर्ने बताईन् । उनले दुई देशबीचको उच्चस्तरीय राजनैतिक भ्रमण, विद्यार्थीहरुको समस्या समाधान लगायतका विषय पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्ने धारणा व्यक्त गरिन् । सिमित श्रोत र साधनका बाबजुद पनि दूतावासबाट हुने सेवा प्रवाहलाई सहज बनाउने विषयमा आफ्नो सदैव ध्यान रहने उनको भनाई थियो । पूर्व शिक्षा मन्त्री समेत रहेकी यादव नेपाली काँग्रेसको पूर्व कोषाध्यक्ष समेत हुन् । सत्ता गठबन्धनमा भागवण्डा हुँदा अस्ट्रेलियाको राजदूत नेपाली कांग्रेसको भागमा परेको थियो । यादव भन्दा अगाडी अस्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस भएको थियो । तर, अन्तिममा रिजालको नाम फिर्ता भएको थियो ।






