निम्फाको नयाँ कार्यसमिति चयन अध्यक्षमा लक्ष्मण गुरुङ चयन

सिड्नी । नेपाली आदिवासी जनजाति फोरम (निन्फा) अस्ट्रेलियाको अध्यक्षमा लक्ष्मण गुरुङ चयन भएका छन् । १९ डिसेम्बर सिड्नीको क्यान्टरबरीमा भएको निम्फाको अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । २ वर्षका लागि गठित समितिको उपाध्यक्षहरुमा सिमा सुब्बा, सुरेश शेरचन, महासचिवमा आशिष शेर्पा, सचिवहरुमा धर्मेश राजवंशी,  कोषाध्यक्षमा चिरग प्रधान र सह–कोषाध्यक्षमा निल लगायत चयन भएका छन् ।

त्यस्तै सांस्कृतिक संयोजकमा तेज लामा र भिम शमशेर गुरुङ, खेल संयोजक पाण्डव राई, जनसम्पर्क अधिकृतहरुमा राम कुमार राई र रमेश तामाङ, कार्यक्रम संयोजक सनिता लामा र आईटी संयोजकमा आर्यान चौधरी चयन भएका छन् । नयाँ समितिको सदस्यहरुमा बिर बहादुर राई, रघु जुग्जाली, प्रजुन थापा, विवेक श्रेष्ठ, धुर्व राजवंशी, भुपेन्द्र राजवंशी, कृष्ण तामाङ, आशिष गुरुङ, राम कुमार सम्वाहाम्फे, विवेक सुनुवार, हिरा छन्त्याल, लिल बहादुर गुरुङ र सुजन तामाङ लगायत रहेका छन् । निर्वाचन समिति गणेश तामाङ, अरुण  तामाङ र चित्रा तुम्वाहाम्फेले नयाँ कार्यसमिति घोषणा गरेका हुन् ।

अधिवेशनमा बोल्दै एनआरएनएका अध्यक्ष अनिल पोखरेलले एनआरएनएसंग पहिले भएका तिता मिठा पलहरु भुलेर नयाँ कार्यसमितिसंग मिलेर काम गर्ने सोँचका साथ अगाडी बढेर संगै बढ्न आग्रह गरे । पूर्व अध्यक्ष नन्द गुरुले निम्फाको नयाँ कार्यसमिति नयाँ सोचका साथ अगाडी बढ्नुपर्ने र राजनीतिबाट अलग्गै नहुन आग्रह गरे । जनजातिहरुको सवालमा केन्द्रित भएर अगाडी बढ्न आग्रह गरे । पूर्व एनएडिएफ अध्यक्ष एवम् रास्वपा समर्थक नेता  छिरिङ लामाले जनजातिहरुको सोँचाई सुरुवातबाटै परिवर्तन गरेर आउनुपर्ने भन्दै आफैबाट सच्चिएर अगाडी बढ्न सकेमा जनजातिहरुको विकास हुने कार्यक्रममा भूतपर्व अध्यक्षहरु आरके तामाङ, गणेश तामाङ लगायतले बोलेका थिए ।निम्फा अन्तर्गत रहेका विभिन्न जातीय भगिनी संगठनका नेताहरुले आ–आफ्नो मन्तव्य राखेका थिए। नवनिर्वाचित अध्यक्ष लक्ष्मण गुरुङले निम्फा विशेषगरी नयाँ ढंगले अगाडी बढ्ने बताउँदै परम्परा र संस्कृतीको प्रर्वदनसंगै शैक्षिक र जनचेतनामूलक कार्यक्रमहरुका साथ नेपालीहरुको उपस्थिति रहने गरी कार्यक्रम गर्ने बताए ।