लन्डन । विश्व अपांगता दिवसको अवसरमा गुल्मी जिल्ला समाज यूकेले वर्षेनी गर्दै आएको च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ । डिसेम्बर १ तारिख आइतबार मिडल्यान्डको मार्केट हारबरोस्थित हारबरो टाउन कम्युनिटी फुटबल ग्राउन्डमा अपांगता दिवस च्यारिटी कार्यक्रम सम्पन्न भएको हो ।
अपांगता भएकाहरुलाई सहयोग गर्ने पवित्र उद्धेश्यले सम्पन्न कार्यक्रममा समाजका सदस्य र मिडल्याण्ड बेलायतस्थित नेपाली समाजका अभियन्ताहरुले अग्रिम रुपमै सहयोग गरेका थिए ।
च्यारिटी कार्यक्रमबाट सम्पूर्ण खर्च कटाएर करिब १५ लाख रुपैयां संकलन भएको कार्यक्रम संयोजक मुकुन्द खरेल जानकारी दिएका छन्।
समाजका अध्यक्ष रुद्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि लन्डन दूतावासका फर्स्ट सेक्रेटरी उद्धव न्यौपानेले बेलायतमा च्यारिटी कार्यक्रम गरी नेपालमा अपांगता भएकाहरुलाई सहयोग गर्ने गुल्मी समाजको कार्य प्रशंसनीय रहेको बताए । उनले शारीरिक अपांगता भएका व्यक्तिहरुले पनि समाजमा उदाहरणीय योगदान पुर्याउन सक्ने भन्दै उनीहरुलाई उचित सम्मान र अवसर हुनुपर्ने धारणा राखे ।
विशेष अतिथि एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले गुल्मी जिल्ला समाजले पुर्याएको योगदान बेलायतको नेपाली समुदायमै अग्रणी रहेको भन्दै एनआरएनएबाट सधैं साथ र सहकार्य रहने बताए । यस्तै अर्का विशेष अतिथी स्थानीय काउन्सिलर पिटर इलियेटले नेपालका अपांगता भएका व्यक्तिहरूलाई सहयोग गर्नका लागि गरेको कार्यक्रममा उपस्थित हुन पाउदा खुशी ब्येक्त गरे ।
कार्यक्रमको अध्यक्षता गरेका समाजका अध्यक्ष रुद्र थापाले कार्यक्रम सफल पार्न योगदान तथा सहयोग प्रदान गर्ने सबैप्रति समाजको तर्फबाट आभार प्रकट गरे ।
समाजका पूर्व अध्यक्ष राम गलामीले समाजले नेपालका गरेका समाजिक कार्यको बारेमा जानकारी दिए ।सल्लाहकारहरु कमल भण्डारी र रण केशीले मिडल्याण्डमा भएको यस च्यारिटी कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरे ।
साझा नेपाली समाज यूके अध्यक्ष दीपक सापकोटा, सिर्जनशिल लेष्टर नेपाल अध्यक्ष पुण्डरी अर्याल, स्थानीय समाजसेवी जुडिथ स्मिथ, चन्द्र सहानी, विष्णु चालिसे, नारायण फुयाल, शसांक शर्मा, लगायतले मन्तव्य राख्दै समाजका परोपकारी कार्यहरुको प्रशंसा गर्दै निरन्तरताका लागि शुभकामना दिए ।
सो अवसरमा समाजका पूर्व अध्यक्ष राम गलामीले अपांगता दिवससम्बन्धि एक प्रिजेन्टेसन गरे । महासचिव महलाल घिमिरेले सञ्चालन गरेको कार्यक्रममा संयोजक एवम् उपाध्यक्ष मुकुन्द खरालले स्वागत तथा सहसंयोजक सुरेश केसीले धन्यवाद मन्तव्य दिएका थिए।

कार्यक्रममा नेपालबाट आएकी चर्चित मोडल रुबिना अधिकारीले आकर्षक नृत्य तथा दीपक घर्ती र रेजिना परियारले गायन प्रस्तुत गरेर मनोरञ्जन गराएका थिए ।
विभिन्न स्थानीय कलाकारसमेतको प्रस्तुति रहेको मनोरञ्जनात्मक कार्यक्रम दीपक माइथाने मगरले सञ्चालन गरेका थिए । सो अवसरमा समाजका सल्लाहकार क्याप्टेन रिटायर्ड वीरबहादुर थापाले गीत प्रस्तुत गरेका थिए । त्यस्तै, प्रथम नौमती बाजा गुल्मी यूकेले पनि विशेष प्रस्तुति गरेको थियो ।
कार्यक्रममा माया केसीको संयोजनमा आकर्षक पुरस्कारसहित ‘राफल ड्र’ गराइएको थियो । समाजले कलाकार तथा कार्यक्रमका सहयोगीहरुलाई मायाको चिनो, प्रमाणपत्रसहित सम्मान गरेको थियो ।

सो अवसरमा उपाध्यक्ष मञ्जु भण्डारी, सचिव राधा खरेल,तारा भट्टराई
सहितको टीम अतिथि सत्कार, कोषाध्यक्ष तेजप्रसाद रानामगरको टीम टिकेटिङ तथा गुन थापाको टीम खानापान व्यवस्थापनमा खटिएको थियो ।
कार्यक्रममा मिडल्यान्डसहित लन्डन, केन्ट अल्डरसटलगायतका क्षेत्रबाट पुगेका गुल्मेली तथा गैरगुल्मेली नेपालीका साथै स्थानीय बेलायती समुदायका सदस्यहरु समेतको उल्लेख्य उपस्थिति थियो । च्यारिटीलाई सुरेश केसी संचालक रहेको अवतार रेष्टुरेन्टका ग्राहक एक बेलायती दम्पत्तिले १ हजार पाउण्ड सहयोग समेत गरेका थिए।


कार्यक्रममा समाजिक अभियन्ता दयानिधि सापकोट, महेश अधिकारी ,प्रेम आले मगर , एनआरएन युकेका महासचिव गोविन्द खरेल,समाजका सल्लाहाकार केशव भण्डारी, कृष्ण भण्डारी, शंकर भण्डारी, उपाध्यक्ष मंजु भण्डारी , ट्रस्टीहरू वरूण भण्डारी, तारा भट्टराई, नेपाल समाजका अध्यक्ष राम पंन्थी , शान्ति नेपाली समाजका पूर्व अध्यक्ष प्रविण खरेल, समाजसेवी गोमा पौडेल, गोविन्द सापकोटा , गल्कोट समाजका महासचिव कृष्ण खरेल लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा गुल्मेली नौमती बाजाले विशेष प्रस्तुति गरेको थियो ।






