शिब भण्डारी
लण्डन । धरान उपमहानगरपालिका का मेयर हर्क साम्पाङग बेलायत आउने भएका छन् । बेलायतमा आगामी अक्टुबर २० तारिख आईतवार धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङगको स्वागत तथा भेटघाट् (मीत एंड ग्रीत ) र च्यारिटी डिनर नाइट हुने भएको छ ।
बेलायतको अल्डरशट स्थित एम्पायर हलमा यो कार्यक्रम हुने भएको र कार्यक्रममा व्यापक उपस्थीतिका लागि ठुलो तयारी भईरहेको कार्यक्रमका मिडिया कोअर्डिनेटर आकाश सुनुवारले लण्डन नेपाल न्यूजलाई बताए ।
कार्यक्रमको आयोजक सुम्निमा पारुहाङग प्रतिमा निर्माण अभियान समिति यू के र धरान समाज यु के रहेका छन्। धरान उपमहानगरपालिकाका चर्चित मेयर हर्क साम्पाङग धरान–२० चिन्डेडाँडामा रहेको सुम्निमा पारुहाङगको प्रतिमा सहित सुन्दर पार्क निर्माणको लागि सहयोग जुटाउने उद्देश्यले लन्डन आउने भएका हुन् ।

कार्यक्रमको पहिलो सत्र बिहान ११ देखि २ बजेसम्म हुनेछ जसमा यु के बासि सबै नेपाली जान ले मेयरलाई व्यक्तिगत रुपमा भेटेर स्वागत अभिबादन गर्न, फोटो खिच्न सक्नेछन भने साँझ ६ बजे देखि १० बजेसम्म गाला डिनरको आयोजना हुने आयोजकको तयारी छ । कार्यक्रममा सहयोगी दाताहरुलाई हर्क साम्पाङ स्वयमले हस्ताक्षर गरिएको प्रमाणपत्र प्रदान गरि सहयोगकर्ताहरूलाई सम्मानित गरिने आयोजकका सयोजक प्रमुख भगवान चामलिङ्गले जानकारी दिए ।
गाला डिनरको क्रममा मेयर साम्पाङले आफ्नो श्रम अभियान र प्रतिमा निर्वाण परियोजना को पुरा योजनालाई प्रस्तुत गर्ने इभेन्ट म्यानेजर रामधन राईले बताए । राईका अनुसार त्यस साँझ मेयर को र अतिथिहरुको सम्मानमा भब्य सांस्कृतिक कार्यक्रम पनि हुने जानकारी दिए ।
युकेका विभिन्न बरो बाट निर्बाचित अहिले सम्मका नेपालि मूलका स्थानिय मेयर र काउन्सिलरहरुको जमघट यस डिनर नाइटको अर्को आकर्षण हुने जानकारीमा आएको छ। नेपालि मुलका ब्यापार ब्यबसायीहरु, समाजसेवीहरु, राज्नितिग्यहरु, कलाकारहरु, र गोर्खा रेजिमेण्ट का उच्च पदस्त अधिकारीहरु लाई आमन्त्रित गरिएको कुरा संयोजक ईन्द्रप्रसाद राईले बताए।
मेयर हर्क साम्पाङको कार्यक्रममा बेलायती स्थानीय प्रतिनिधिहरु, समाज सेवी, ब्यापारी, राजनीतिज्ञ र सर्बसाधारण सबै एउटै कार्यक्रम मा जम्मा गर्ने प्रयास भने इतिहासमा पहिलो पटक गर्न लागिएको बताए । आयोजकले कार्यक्रमलाई सफल र भब्य बनाउन व्यापक सहभागिताको लागि युके बासि सम्पुर्ण नेपालिहरु प्रति बिनम्र अपिल गरेकाछन् ।
कार्यक्रमका बारे थप जानकारीका लागि सम्पर्क गर्नु परेमा कल गर्नुस: मिडिया/इभेण्ट कॊअर्डिनेशन :- न्यु होराईजन क्रियशन टिकट
: पहिलो चरण – £१५ (मिट एण्ड ग्रीट) दोस्रो चरण – £७० (३ कोर्स मील + पेय पदार्थ
र मनोरन्जन प्याकेज रामधन राई – ०७७२७ ०२७९४९ डिल्लिराम राई – ०७५७६५४२०७७ खगेन्द्र राई – ०७५६८५८७४०६






