सिड्नी । नेपाली हिन्दु समाज अष्ट्रेलियाले अस्ट्रेलियाका देशका विभिन्न शहरहरुमा यसवर्षको घटस्थापना र विजयादशमी टीकाको शुभसाइत सार्वजनिक गरेको छ । अन्तराष्ट्रिय पञ्चाङ्ग निणर्य समितिको आधारमा समाजले एक सार्वजनिक सुचना जारी गर्दै दुवै कार्यका लागि शुभ साईतको तिथि मिति सार्वजनिक गरेको हो । अष्ट्रेलियामा अक्टोबर १३ तारिख आइतबार दशैँको टिकाको साईत रहेको जनाएको छ । नेपालमा भने यही असौज २६ गते अथवा १२ अक्टोबर तारिख शनिबार, ११ः३६ मिनेट जाँदा दशैँको शुभ साईत रहेको छ । यस्पाली टिका लगाउने साईत किन फरक रहेको भन्ने हल्लाकाबीच अन्तराष्ट्रिय पञ्चाङ्ग निणर्य समितिले विभिन्न देशहरूका लागि टिकाका निमिक्त उपयुक्त समयका रुपमा निर्धारण गरिएको छ । नेपालमा र अन्य देशहरूमा सुर्योदय र सूर्यास्त संगै नक्षत्रहरु नमिल्ने भएकाले टिका लगाउने साईत नेपाल र नेपाल बहिर फरक रहेको स्पष्ट समेत पारीएको छ। ।
अस्ट्रेलियामा सुर्योदयसंगै नक्षत्रहरु नमिल्दा अर्को समय निर्धारण गरिएको पन्डित प्रकाश ढोडारीले जानकारी दिए । उनले २०२४ को लागि नेपाली पात्रो आउने बित्तिकै दशैँको टिका लगाउने शुभ साईतको बारे जानकारी गराएको भए यस्तो विवाद नआउने भएपनि पछि आएर सार्वजनिक गर्दा त्यस्तो हल्ला भएको बताए । समितिका अनुसार अक्टोबर ३ तारिख सिड्नीमा घटस्थापना गर्न विहान ५ बजेर ४७ मिनेटलाई उपयुक्त मानिएको छ । त्यसैगरी मेलवर्नमा सोही दिन ५ः५६ मिनेटमा, ब्रीसवेनमा ५ः३६ मिनेटमा, क्यानवेरामा बिहान ५ः४३ मिनेटमा, एडीलेटमा बिहान ५ः५२ मिनेटमा, तास्मानियामा बिहान ५ः४५ मिनेटमा, डार्वीनमा बिहान ६ः३७ मिनेटमा र पर्थमा बिहान ५ः५९ मिनेटमा घटस्थापनाको उत्तम साईत रहेको छ ।

अष्ट्रेलियामा दशैँ टिकाको साईत कतिबेला ?
समितिले अक्टोबर १३ तारिख दशैँको टिकाको साईत रहेको जनाएको छ । जसमध्ये सिड्नीमा विहान ११ बजेर २१ मिनेटमा वडा दशैँको टिकाको साईतका लागि उत्तम समय तय गरिएको छ । त्यसैगरी मेलवर्नमा सोही दिन ११ः२७ मिनेटमा, ब्रीसवेनमा ११ः२९ मिनेटमा, क्यानवेरामा बिहान ११ः१५ मिनेटमा, एडीलेटमा बिहान ११ः४५ मिनेटमा, तास्मानियामा बिहान ११ः२१ मिनेटमा, डार्वीनमा बिहान ११ः११ मिनेटमा र पर्थमा बिहान ११ः२३ मिनेटमा वडा दशैँको टिकाको उत्तम साईत रहेको छ । टीकाको शुभ साइत शूरु भइसकेपछि दूर्गा भवानीको प्रसाद दिनभरी नै मान्यजनको हातबाट लगाउनको निम्ती शुभ नै रहने र साइत हेर्न आवश्वक नरहेको समेत पण्डित प्रकाश ढोडारीले बताए । त्यसैगरी टीका ग्रहण गर्दा पूर्व तर्फ फर्कर्नु उपयुक्त हुने उनले बताए । पण्डित ढोडारीका अनुुसार सूर्य उदय हुने समय र ज्योतिषीय गणना अनुसार साइत निर्धारण गर्ने गरिन्छ ।






