तमु समाज सिड्नीले गर्यो २५६८ औँ बुद्ध जयन्ती उत्सव एवम् बुद्ध कप भव्य रुपमा सम्पन्न

सिड्नी । तमु समाज सिड्नी २५६८ औँ बुद्ध जयन्ती उत्सव, १८ औँ टिएसएस बुद्ध कप ७- ए- साइड फुटबल च्याम्पियनसिप २०२४ ६ मे आइतबारका दिन भव्य रुपमा सम्पन्न भएको छ । समाजले बुद्ध जयन्तीको अवसरमा विशेष पुजाआजा सहित विभिन्न खेलकुद प्रतियोगीताहरु आयोजना गरेको थियो । लामा गुरु नगवाङ ग्यात्सो गुरुङद्वारा बुद्ध पूजा आरचना गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा बुद्ध स्नान, मैनबत्ती प्रज्वलन, सामूहिक प्रार्थना, बौद्ध मन्त्र वाचन र संकल्प, भगवान गौतम बुद्धको जीवन चरणहरू बारे प्रवचन, बुद्ध धर्मका विभिन्न पक्षहरू र यसको प्रासंगिकताको विस्तृत व्याख्या, दया, करुणा र बुद्ध जयन्तीको महत्त्व लगायत भगवान बुद्धका सिद्धान्त र शिक्षाहरू लागू गर्दै भगवान बुद्धको जन्म मात्र होइन, भगवान बुद्धको बुद्धत्वको चर्चा गरिएको थियो । कार्यक्रमको अवसरमा आयोजना गरिएको टिएस बुद्ध कप अन्तर्गत फुटबल प्रतियोगीता तर्फ वेस्ट युनाइटेड एफसी विजेता बनेको छ  भने रनर अप फेवा एफसी बनेको छ ।

प्रतियोगीतामा वेस्ट युनाइटेड एफसीबाट उत्कृष्ट डिफेन्डर रवि मगर, उत्कृष्ट फरवार्ड दिपक सिंह ठकुरी, उत्कृष्ट गोलकिपर सुजन श्रेष्ठ र म्यान अफ द टुर्नामेन्टको उपाधि अजित भण्डारीले हात पारे । त्यस्तै फेवा एफसीका कुशल थापा उत्कृष्ट मिडफिल्डर र हेमन्त थापा म्यान अफ द म्याच बने । त्यस्तै छेलो (शट पुट) प्रतियोगिता तर्फ भरत श्रीश विजेता र दिक्षान थापा उपविजेता बन्न सफल भए । लेडिज म्युजिकल चेयर तर्फ बिन्दु गुरुङ विजेता बनिन् भने बिना गुरुङ रनर अप बन्न सफल भईन् । मेडिकल टोलीले नेपाली रजिस्टर नर्सहरूद्वारा नि:शुल्क स्वास्थ्य परिक्षण समेतको सुबिधा मिलाइको थियो ।