एनआरएन पूर्वअध्यक्ष लामिछानेको सम्मानमा रात्रिभोज :

लण्डन ।

गैर आवासीय नेपाली अन्र्तराष्ट्रिय समन्वय परिषद्का पुर्व अध्यक्ष्ँ जीवा लामिछानेले मुलुकको विकासका लागि गैर आवासीय नेपालीहरुको जिम्मेवारी थप बढेको बताएका छन् । विहिबार एनआरएनए युकेले लण्डनस्थित ब्लु आर्किड रेष्टुरेण्टमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भुकम्पबाट क्षतिग्रस्त मुलुकको पुननिर्माण गर्न सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए ।

Welcome  programe 050

भुकम्प गएपछि गैर आवासीय नेपाली संघले आव्हान गरेको तत्काल राहात संकलनमा संसारभरका गैरआवासीय नेपालीहरुको उत्साह जनक साथ, समर्थन र सहयोग पाएको लामिछानेले बताए । उनले बर्तमान कार्यसमिति र विशेष गरी अध्यक्ष्ँ शेष घलेको काम अत्यान्तै सह्रानीय रहेको औंल्याएका थिए ।

Welcome  programe 059
पारीवारीक भ्रमणको शिलशिलामा बेलायत आइपुगेका लामिछानेले नेपाल सरकार र नेपाली जनताको अपेक्षा पनि गैर आवासीय नेपालीहरुप्रति रहेको दोहो¥याउंदै अहिले मुलुकका लागि केहि गरेर देखाउने बेला भएको उल्लेख गरे ।
कार्यक्रममा देशान्तर साप्ताहिकका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार कवीर राणाले संविधानको मस्यौदामा एनआरएनले उठाएको माग पुर्ण रपमा नसमेटिइएको जिकिर गरे । उनले विश्वका अधिकांश मुलुकको संविधानमा व्यवस्था भए अनुरुप नेपालले पनि गैर आवासीय नेपालीहरुलाई राजनीतिक अधिकार विहिन नागरिकता दिएको हुन सक्ने औंल्याए । प्रतिस्पर्धाको जमानामा आफ्नो लगानी सुरक्षित गर्न पनि राजनीतिक अधिकार सहितको नागरिकता आवश्यक रहेको बताउंदै उनले अझैपनि सरकारलाई दबाब दिन सुझाए ।
एनआरएनए युकेका अध्यक्ष्ँ महेन्द्र कंडेलको अध्यक्ष्ँतामा सम्पन्न उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघका संरक्षकहरु महन्त बहादुर श्रेष्ठ, मे.रि. डमर घले, सुर्य गुरुङ र कुल आचार्य सहभागि थिए ।
कार्यक्रममा उपाध्यक्ष्ँ सुर्य नेम्वाङले धन्यवाद दिएभने आइसीसीका सल्लाहकार समेत रहेका नेपाली कांग्रेसका युवा नेता विश्व आदर्श पण्डितले धन्यवाद ज्ञापन गरेका थिए ।
एनआरएनए युकेका महासचिव राजकुमार त्रीपाठीद्धारा सञ्चालित उक्त कार्यक्रममा आइसीसी सदस्यहरु पशुपति भण्डारी, विजन भट्ट, सुरेन्द्र श्रेष्ठ, थर्क सेन, उपाध्यक्ष्ँहरु कृष्ण तिमिल्सीना, सुर्य नेम्वाङ र शान्ति थापा कुंबर, सचिव डांसुराम पाण्डे, सदस्य फडिन्द्र भट्टाई, सल्लहकारहरु सुवाससिंह गुरुङ र चित्र बहादुर गुरुङ, सोलिसिटर राजु थापा लगायत सहभागि थिए ।
कार्यक्रममा अध्यक्ष्ँ कंडेलले प्रमुख अतिथि लामिछाने, विशेष अतिथि राणा लगायत नेपाली जनसम्पर्क समिति जर्मनका अध्यक्ष्ँ शरण केसी, लामिछाने पत्नि विनिता लामिछाने लगायतलाई खादा लगाई सम्मान गरेका थिए ।
विगत केहि समयदेखि समस्या झेल्दै आएको एनआरएनए युकेको यस कार्यक्रममा निवर्तमान अध्यक्ष्ँ योगेन बहादुर क्षेत्री, महासचिव योग कुमार फगामी र सचिव संगिता मरहठ्ठा लगायत भने सहभागि थिएनन् ।11694222_10204516678345811_2004619244_n[1]

Welcome  programe 03211714441_10204516678665819_1912464991_n[1]