दोलखा, १८ आषाढ । उत्तरी दोलखाको गौरीशंकर गाविस–९ तासिनाममा गएको सुक्खा पहिरोमा परी एकजना बेपत्ता भएका छन् । शुक्रबार बिहान १० बजेतिर गएको सुक्खा पहिरोमा परी अरु ७ जना घाइते भएका छन् । बेपत्ता हुनेमा दोलखा, ओराङकी शर्मिला आचार्य रहेकी छन् । उनको खोजीकार्य जारी रहेको बताइएको छ । पहिरोमा परी पुल बनाउन खटिएका मजदुरहरु घाइते भएका हुन् । पहिरोका कारण सिप्रिङ खोला जलविद्युत् आयोजना र दुईओटा ट्रान्सफर्मरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
दोलखामा सुक्खा पहिरो जान थाल्यो






