बुटवलस्थित लुम्बिनी अन्चल यातायात व्यवस्था कार्यालयका नासु यादव केसी विहीबार सेवाग्राहीबाट ६ हजार घुस लिँदैगर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलको टोलीले केसीलाई कार्यालयबाटै घुससहति रंगेहात पक्राउ गरेको हो । केसीमाथि अख्तियार टोलीले थप अनुसन्धान थालेको जनाएको छ ।
यातायातका नासु घुससहित रंगेहात पक्राउ






