लन्डन ।नेपालमा गएको भूकंप र यूके को बदलिदो भिसा प्रणालीले निरास भएका नेपाली विद्यार्थीमा केही ख़ुशी छाएको छ ।
यूकेभीआई को पत्र मा उल्लेख भए अनुसार भूकंप पीड़ित नेपाली विद्यार्थीले फरदर लीभ टू रीमेंन अंतर्गत भिसा प्राप्त गर्न सकने छन।एनआरएन यूके को पत्र को जबाफ मा आएको उक्त पत्रमा नेपाली विद्यार्थी भूकंप पीड़ित भएको प्रमाण दिन सके उनीहरु लाई यूके ले यो भिसा प्रणाली अंतर्गत भिसा दिने जानकारी छ ।
नेपाली विद्यार्थिका लागि अरु कुनै भिसा प्रणाली नभएपनी यो प्रणालीले केहि ख़ुशी छाएको छ ।यदि कसैलाई यो भिसा प्रणालीको बारेमा थाहा नभए प्रोफेसनल वकिल संग सयोग लिन सकने छन तर यस सम्बन्ध मा यूकेभीआई केहि सल्लाह दिन नसक्ने उल्लेख गरिएको छ ।
एनआरएन अध्यक्ष महेंद्र कंडेल का अनुशार यो निर्णय बिद्यार्थी को हितमा रहेको र यसले विद्यार्थी को केस बलियो बनाएको छ |यदि गाबिस बाट भूकंप पीड़ित भएको प्रमाण पत्र र यूकेभीआई को यो पत्र राखेर भिसा प्राणी अंतर्गत कार्य गरे फैसला विद्यार्थीको पक्ष्य मा हुने कुरा मा अध्यक्ष कंडेल विस्वस्त छन |







![nepal_news1435749420-ukvi_nrn[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/07/nepal_news1435749420-ukvi_nrn1.jpg)