यु–१९ साफ च्याम्पियनसिप फुटबल नेपालमा

काठमाडौं, १४ आषाढ । दक्षिण एसियाली १९ वर्षमुनिको फुटबल ‘साफ यु–१९ च्याम्पियनसिप’ नेपालमै हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघले प्रतियोगिता नेपालमै गर्ने निर्णय गरेको हो । महासंघले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाइ प्रतियोगितामा दक्षिण एसियाका आठ टिमले सहभागिता जनाउने स्पस्ट पारेको छ । भाद्र ३ देखि १२ गतेसम्म हुने प्रतियोगिताका सहभागी टिमलाई दुई समूहमा विभाजन गरी खेलाइने जनाइएको छ ।