नेप्लिज ब्लड डोनर्स एशोसियसन अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी चयन

सिड्नी । नेप्लिज ब्लड डोनर्स एशोसियसन अस्ट्रेलिया शाखाको अध्यक्षमा रञ्जिता भण्डारी सर्वसम्मत चयन भएकी छिन् । संस्थाको कालापानी नेप्लिज रेष्टुरेन्ट ईंगलबर्नमा सम्पन्न साधारण सभाले दोश्रो कार्यकाल (२०२३-२०२५ )का लागि भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा चन्द्र ढकाल, महासचिवमा नविन गौतम, कोषाध्यक्ष सुचना पाण्डे लगायत रहेका छन् ।

त्यस्तै सदस्यहरुमा चिरन तिवारी, नविन पन्त (मेलबर्न), सन्तोष बस्नेत (एडिलेड), थिर गुरुङ (एडिलेड), रविन न्यौपाने र सरोज पाठक लगायत चयन भएका छन् । सल्लाहकारहरुमा मधु पुडासैनी, सुर्य गौतम, अनिल पोखरेल, राधा शर्मा, बिष्णु हमाल, केशव कंडेल र दिनेश पोखरेल तथा संरक्षक समितिमा बिनोद प्रसाद मैनाली, भुपाल सिटौला र प्रकाश लामिछाने लगायत चयन भएका छन् ।

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो भने निवर्तमान अध्यक्ष नन्द गुरुङ, एनआरएनए न्यू साउथ वेल्स राज्य परिषद पूर्व संयोजक देव गुरुङ, संस्थाका संरक्षक बिनोद मैनाली, लिभरल सांसद उम्मेदवार बिनोद पौड्याल लगायतको उपस्थिति रहेको थियो । लण्डन नेपाल न्यूज अस्ट्रेलियासंग सक्षिंप्त कुराकानी गर्दै नवनिर्वाचित अध्यक्ष भण्डारीले संस्थाको उद्धेश्य नै रक्तदान गर्ने रहेकाले रक्तदान कार्यक्रमलाई अझै सक्रिय बनाउने र सचेतना समेत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले रक्तदान कार्यक्रम बारे बुझाउने र यसका लागि महिलाहरुलाई समेत उत्प्रेरित गर्ने तथा अस्ट्रेलियाका विभिन्न ठाउँमा समेत यस्तो कार्यक्रम गर्ने र जनचेतना फैलाउने आफ्नो प्रमुख कार्य रहने बताईन् । २०२१ सालमा स्थापना भएको नेप्लिज ब्लड डोनर्स एशोसियसनले रक्तदान कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । सूर्य गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।