लन्डन । गैर आवासीय नेपाली संघ एनआरएनए केन्द्रिय सचिव पदमा दयानिधि सापकोटाले केन्द्रिय सचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनए आइसीसी सदस्य हुंदै युरोप उपसंयोजक बनेका सफल व्यवसायी तथा सामाजिक अभियन्ता सापकोटाले एनआरएनएमा आफ्नो लामो अनुभव संघको वृहत्तर हितका लागि काम गर्न सचिवमा उम्मेदवारी दिने लन्डन नेपाल न्युजलाई बताए ।
मुख्य एजेन्डा के हुन् ?
गैरआवासीय नेपाली संघलाई समय सापेक्ष परिवर्तन र विकाश गर्दै सामूहिक नेतृत्वको अबधारणा अन्र्तगत चुस्त र सक्षम नेतृत्व प्रदान गर्न र संघलाई आर्थिक, सामाजिक, सांस्कृतिक एवं कुटनीतिक स्तरमा अझ पारदर्शी रुपमा विकाश गर्न उनको मुख्य एजेन्डा छ ।
सापकोटा सन् २००६ बाट नै गैर आवासीय नेपाली संघ बेलायतमा सक्रिय भूमिकामा आएका थिए ।‘बोल्ड पर्सनालिटी’ र स्पष्ट वक्ताको पहिचान बनाएका उनले दर्जनौ सामाजिक संस्थामा काम गरेर अनुभव हासिल गरेका छन् । एनआरएनए ११ औं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशन आउंदो १७ देखि २० अक्टोबरसम्म काठमाडौंमा हुँदैछ । 






