लन्डन !
नेप्लिज वुमन हेल्पिङ हेन्ड्स यूकेले विगत जस्तै यस वर्ष पनि तीजको बिशेष कार्यकम गर्ने भएको छ।
आगामी १८ सेप्टेम्बर सोमबार बिहान ११ बजे देखि ४ बजे सम्म लन्डनको अल्पर्टन स्थित सनातन हिन्दू मन्दिरको कैलास हलमा बिशेष तीजको पूजा अर्चना गरी मनाउने भएको हो

नेपाली हिन्दु महिलाहरुको अत्यन्त महत्त्वपूर्ण चाडलाई लन्डनमा आयोजना गरी आफ्नो धर्म र सस्कृतीको संरक्षण गर्दै भाबी सन्ततिलाई समेत प्रोत्साहन गर्ने उदेश्यले उक्त कार्यकम आयोजना गर्न लागेको नेप्लिज वुमन हेल्पिङ ह्याण्ड्स दिदीवहिनी समुहकी बिन्दु भट्टराईले लण्डन नेपाल न्यूज लाई बताइन् ।
नेप्लिज वुमन हेल्पिङ ह्याण्ड्सले लन्डनमा बसोबास गर्ने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई तीजको अग्रिम शुभकामना व्यक्त गर्दै कार्यक्रममा सहभागिताका लागि बिनम्र अनुरोध गरेका छन्।






