सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्षमा दिनेशराज जोशीले उम्मेदवारी दिने भएका छन् । एनआरएनएका विभिन्न गतिबिधिहरुमा सक्रिय जोशीले आफुले उक्त पदमा उम्मेदवारी दिने तैयारीमा रहेको बताए ।
तनहुँको दमौली घर भई अष्ट्रेलिया बस्दै आएका दिनेशराज जोशीले गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । तनहुँको दमौली स्थायी घर भएका जोशी वर्तमान एनआरएनए ओसीयाना रिजनका क्षेत्रीय संयोजक, पूर्व अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य र एनआरएनए अष्ट्रेलियाको सल्लाहकार समेत हुन् । तनहुँ समाज अष्ट्रेलियाका वरिष्ठ सल्लाहकार रहेका जोशी नेपाली कांग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाका संस्थापक पनि हुन् ।
राजनैतिक हस्तक्षेपबाट एनआरएनएलाई टाढा राख्नुपर्ने अभियानमा लागेका जोशीले एनआरएनएका विभिन्न अनुभव र आफ्नो सक्रियतालाई अझै क्रियाशिल बनाउन उम्मेदवारी दिने बताउँछन् । विश्वभर रहेको एनआरएनएका प्रतिनिधिहरु सम्मिलित अन्तर्राष्ट्रिय समन्वय परिषदमा आफुले काम गर्ने तीब्र ईच्छा रहेको उनको भनाई छ






