पेरिस, ९ असार । अमेरिकी सुरक्षा एजेन्सी एनएसएले फ्रान्सका पूर्व राष्ट्रपतिहरुको जासुसी गरेको गुप्तचर संस्था विकिलिक्सले खुलासा गरेको छ । विकिलिक्सले हालै सार्वजनिक गरेको दस्तावेजमा एनएसएले सन् २००६ देखि सन् २०१२ फ्रान्सका राष्ट्रपति पदमा रहेका ज्याक शिराक, निकोलस सार्कोजी र फ्रास्वाँ ओलान्डको जासुसी गरेको प्रष्ट पारेको छ ।
विकिलिक्सका अनुसार फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलान्डको ग्रीस युरोजनबाट बाहिरियोस् भन्ने पक्षमा रहेको छ । विकिलिक्सको यस भनाईप्रति भने अमेरिकाले कुनै प्रतिक्रिया दिएको छैन । यसअघी एनएसएले जर्मन चान्सलर एन्जेला मर्केलको जासुसी गरेको खुलासा भएको थियो । विकिलिक्सले सार्वजनिक गरेको यस दस्तावेज विकिलिक्सका कर्मचारी एर्डबर्ड स्नोडेनको सहयोगमा गरेको हो वा होइन भन्ने प्रष्ट भएको छैन ।
एनएसएले फ्रान्सका पूर्व राष्ट्रपतिहरुको जासुसी गरेको खुलासा






