सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेशनल गल्फर अवार्ड नाईट २०२३ सम्पन्न भएको छ । नेपाली खेलाडीहरुको साझा संस्था एनएसडब्ल्यू नेपलिज गल्फर टिमले नोभेम्बर २७ तारिख देखि सुरु गरेको गल्फ लिग जुन ३० शुक्रबार अवार्ड नाईट २०२३ गरिएको हो ।
खेलाडीलाई प्रोत्साहन गर्दै खेल क्षेत्रलाई अगाडी बढाउने उद्धेश्यले सिड्नीको फक्स हील गल्फ कोर्समममा सुरु भएको थियो ।लिगमा प्रथम रविन भुजेल, फ्रस्ट रनर अप दीपक पहारी, सेकेन्ड रनर अप सन्दीप बास्तोलाले उपाधि हात पार्न सफल भएका थिए। कार्यक्रममा प्रथम द्धितिय र तृतीय हुनेलाई ट्रफी र नगद सहित पुरस्कृत गरिएको कार्यक्रम संयोजक मध्येका एक दिपक पहारीले जानकारी दिए । प्रत्येक वर्ष च्यारिटी गर्दै आएको संस्थाले यस वर्ष लिग आयोजना गरेको हो । लिग अन्तर्गत प्रत्येक महिनामा एक खेल भएका थिए भने ८ महिनामा ८ वटा लिग सम्पन्न गरी फाईनल खेल भएका हुन् ।
कार्यक्रममा केन्या, सिड्नी, भियतनाम, नेपाल लगायतका १६ जना मल्टिकलचर देशका व्यक्तिहरुको सहभागीता रहेको थियो । लिगलाई सिड्नीको प्रख्यात कलेज क्राउन ईन्स्टिच्यूट अफ विजनेश एण्ड टेक्नोलोजिले प्रायोजन गरेको हो । कार्यक्रम सयोंजक मध्येका एक पहारीका अनुसार दोश्रो लिग पनि लगत्तै सुरु गर्न लागिएको छ भने ईच्छुक नेपालीहरुलाई निःशुल् गल्फ प्रशिक्षण दिने समेत संस्थाले तैयारी गरेको छ ।
कार्यक्रममा न्यू साउथ वेल्स राज्यका अवैतानिक महावाणिज्यदूत दिपक खड्का, एन्जाका सल्लाहकार डा. राजु मानन्धर, फेन्का न्यू साउथ वेल्स राज्य संयोजक बिष्णु हमाल, फुटवल एसोसीएनका बिजेन क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।






