स्याङ्जा समाज यूकेले गर्र्यो हर्ष उल्लासका साथ वृहत समर मेला

लण्डन ।स्याङ्जा समाज यूकेले समर भेटघाट (Summer Get-together) 2023 वृहत भेटघाट तथा बिबिक्यू कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष सार्दा गुरुङको अध्यक्षतामा जुन २४ शनिबार फार्नब्रोस्थित स्पोर्टस हलमा भएको सो कार्यक्रमको प्रमुख अतिथि बिग्रेडियर जनरल रत्न बहादुर गोदार थिए ।

उक्त वार्षिक भेटघाट कार्यक्रममा विशेष अतिथिहरुमा बृटिस गोर्खाका ल्याप्टेन कर्नेल टोल काम्चा, लन्डन स्थित दुताबासका दुतिय सचिब राम बाबू नेपाल ,एनआरएन युकेका अध्यक्ष प्रेम गाहा मगर, नेदरल्यान्डका अध्यक्ष राजेन्द्र शर्मा,गैरआवासीय नेपाली संघ आइसीसी उपाध्यक्ष थर्क शेन संरक्षक मेजर रिटायड कुमार गुरुङ,लण्डनमा खाद्य अनुसन्धानकर्ता नेपाली चर्चित सेफ विनोद बराल थिए।

कार्यक्रमका प्रमुख अतिथि बिशेस अतिथि हरुबाट द्वीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

सस्थाका उपाध्यक्ष भरत गुरुङ संयोजक रहेको कार्यक्रममा महा-सचिब डा.बलराम ढकालले कार्यक्रम सन्चालन थिए ।कार्यक्रममा सस्थाका बरिस्ठ सल्लाहकार डेबिड गुरुङले मीठो स्वागत मन्तब्य दिएका थिए भने साहारा युकेका सस्थापक अध्यक्ष नवीन गुरुङले सुभकामना दिएका थिए।

जुनु बिकले सन्चालन गरेको सास्कृतिक कार्यक्रममा स्याङ्जालि गायक गायिका हरुले धमका मच्याएका थिए ।राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठानका महासचिब शिव हमाल ,चर्चित गायक श्याम राना, नानू गुरुङ लगायतका कलाकार हरुले  उत्कृष्ट मनमोहक गीतले दर्शक सबैको मन जिते।

कार्यक्रममा बेलायतबासी स्याङ्जालीहरु अन्य अतिथि गरी ४ सय बढीको उपस्थिति थियो । उक्त कार्यक्रममा खाना व्यवस्थापनमा गोर्खा रेष्टुरेन्टले गएको थियो ।