एनआरएनए युकेको उपाध्यक्षमा ज्ञानेन्द्र आले मगरले उम्मेदवारी दिने

लण्डन ।
गैर आवासीय नेपाली सघं एनआरएनएको आशन्न अधिवेशनमा ज्ञानेन्द्र आले मगरले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । हाल कार्यसमिति सचिव समेत रहेका उनले सामाजिक सञ्जाल मार्फत आफुले आगामी अधिवेशनमा उपाध्यक्ष पदको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेको बताएका छन् ।
विगत ४ वर्षदेखि एनआरएनएको कार्यसमितिमा रहेर काम गर्दै आईरहेको भन्दै आलेले आफु उपाध्यक्ष पदका लागि योग्य रहेको समेत बताएका छन् । उनले विगतमा कार्यसमिति सदस्य तथा सचिव हुँदा विभिन्न कालखण्डमा एनआरएन अभियान मार्फ़त नेपाल र नेपालीहरुको बृहत् हितमा आफुले सकारात्मक र प्रभावकारी काम गर्दै आईरहेको बताएका छन् ।
एनआरएनए अभियान भित्र विशेषत गोरखाहरुको मुद्धा, बिदेशमा रहेको नेपालीलाई नेपाल संग जोड़ने विभिन्न अभियान, संस्थागत शुद्धीकरण सगैं कोभिड १९ को सक्रंमणकालिन अवस्थामा आर्थिक संकलन गर्ने र सातै प्रदेशमा राहत पुग्ने गरी काम गरेको उनको भनाई छ ।
उनले सामाजिक सञ्चालमा आफ्नो उम्मेदवारीका विषयमा जानकारी दिएका छन् । यस्तो छ उनले राखेको स्टाटस

एनआरएनए यूके उपाध्यक्ष पदमा मेरो आकांक्षी किन…!!
आदरणीय सम्पूर्ण बेलायतबासीहरु मेरो
नमस्कार????
म क़रीब एक दशक देखी एनआरएन अभियानमा नजीक रही विगत ४ वर्ष देखी एनआरएनए यूकेको कार्यसमितीमा रहेर (कार्यसमिती सदस्य तथा सचिब) अभियानमको विभिन्न कालखण्डमा एनआरएन अभियान मार्फ़त नेपाल र नेपालीहरुको बृहत् हितमा मैले सकारात्मक तथा प्रभावकारी काम गर्दआई रहेको छु ।जस्तै एनआरएनए अभियान भित्र विशेषत गोरखाहरुको मुदा, बिदेशमा रहेको नेपालीलाई नेपाल संग जोड़ने बिभिन्न अभियान, सङ्था भित्र संस्थागत सम्रचना शुद्धीकरण गर्ने देखी कोविड-१९ आर्थिक संकलन गर्ने केन्द्र को सम्पर्क मा रहि सातै प्रदेश मा राहत पुग्ने गरी काम गरेको कुरा विगत सवै लाई अवगतै छ साथै यूक्रेन युद्ध पीड़ित सहयोग अभियान जस्ता धैरै अभियानहरु बाट देश र जनतालाई सहयोग गर्ने क्रममा मैले निर्णायक भूमिका निर्बाहा गर्दआई रहेको छू.

यहीं भावनालाई निरंतरता दिदै अब आऊदो २०२३/२५ कार्यकालमा निम्न बुदागत बिषयमा आफूलाई सम्मर्पण गर्नु चाहानछू.
1. एक पटकको नेपाली सधैंको नेपाली (बंसजको नागरिकता) अभियानलाई परिणाम मुखी बनाऊने र नेपालमा रहेको हाम्रो सम्पतीको सुरक्षा गर्ने.
2. गोरखाहरुको हग अधिकार तथा समानताको अभियान प्रति पूर्ण समर्थन गर्द गोरखाको एनआरएनए भित्र सम्मानजनक स्थान र गोरखाको माग़ प्रतिको एैकवद्दता आवद्द रहि सोहि माग प्रतिको लागी गर्ने हरेक अभियानमा प्रभावकारी/परिमाणमुखी भूमिका निर्बाहा गर्ने छू.
3. एनआरएनए यूके राष्ट्रीय समन्वयन परिषदको यथाशीघ्र विधान अधिवेशन गरी संस्थागत सम्रचना परीबर्तन गर्ने जस्तै : उपा-अध्यक्ष पदमा महिला, युवा, र गोरखालाई एक पद दिई बाक़ी तीन उपा-अध्यक्षमा यूके भरी बाट उम्मेदारको लागी उम्मेदारी दिन मिल्ने गर्ने, सम्पूर्ण राज्य समन्वयन परिषद लाई आवस्यकता अनुसार पूनसंरचना गर्ने पहल गर्ने छू.
4. बेलायतको विभाजित बिखन्डित समाज लाई एकिकृत गरी एनआरएनएलाई पूर्ण रूपमा सम्पूर्ण नेपालीहरुको साझा संथाको रूपमा स्थापित गर्ने छू.
5. संघलाई अझै सशक्त र पारदर्शी, सामूहिक निर्णय, विधीविधान अनुसार संचालन गरी संघलाई नेपाल र नेपालीको बृहत् हितमा लगाउने छू.

उल्लेखित माथीको बुदाहरु कार्यान्वयन गर्ने मेरो आफ़नो प्रतिबद्धता सहित यहाँहरुको पूर्ण सतभाब र सहयोगको अपेक्षा गर्द एनआरएनए यूकेको आगामी कार्यकाल २०२३/२५ को लागी उपाध्यक्ष पदमा मेरो उम्मेदारी दिने घोषणा गर्दछू.

नोट: अभियानमा सहयोगको लागी 23 June 2023 भित्र सदस्यता लिनु होला.

धन्यवाद.
ज्ञानेन्द्र आले मगर
सचिब
उपा-अध्यक्ष आकांक्षी
एनआरएनए यूके २०२३/२५