बनेपा, २९ चैत । काभ्रेको पनौती प्रहरी चौकीमा कार्यरत दुई प्रहरीले १५ र १७ वर्षका दुई किशोरीलाई बलात्कार गरेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शान्ति गृहको संरक्षणमा रहेका ती किशोरी सो गृहबाट भागेको र उनीहरुले यही चैत २५ गते पनौतीको बसपार्कको प्रहरी विट नजिकै जर्बजस्ती करणी गरेको खुल्न आएकाले ती प्रहरीलाई निलम्बन गरी हिरासतमा लिइएको प्रहरी उपरीक्षक पूजा सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरी नायब उपरीक्षक राजकुमार केसीको संयोजकत्वमा गठन भएको छानबिन समितिको प्रारम्भिक अनुसन्धानले उनीहरुको घटनामा संलग्नता देखाएको हो । बलात्कारमा संलग्न प्रहरी हवल्दार शम्भु राउत अहिर र श्रीराम साहलाई आइतबार जिल्ला अदालतमा जर्बजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी कारबाही अघि बढाइनेछ ।
बलत्कारी दुई प्रहरी निलम्बित






