पाकिस्तानको दक्षिण सिन्ध प्रान्तमा अत्याधिक गर्मीका कारण मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । मृत्यु हुनेमा धेरैजसो कराँचीको रहेका छन् । शनिवार यता मात्र कराँचीमा ११४ जनाको मृत्यु भइसको बताइएको छ । आठ जना सिन्ध प्रान्तका अरु तीन जिल्लाका छन् । तापक्रमले ४५ डिग्रीभन्दा माथि पुगेको छ ।
गर्मीका कारण विद्युतको बढ्दो माग भएपनि विजुली कटौती गरिँदा सर्वसाधारण मारमा परेका छन् । अस्पतालमा भर्ना गरिएका विरामीमा धेरैजसो बृद्धबृद्धा रहेका छन् । मंगलवारसम्म अझै गर्मी हुने बताइएको छ । गत महिना भारतमा पनि अत्यधिक गर्मीका कारण १७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
अत्याधिक गर्मीका कारण पाकिस्तानमा १ सय २० को मृत्यु






