शिव भण्डारी
लन्डन । बेलायतको मिडल्याण्ड शहरका नेपालीहरुले यस वर्ष पनि नेपाली मेला आयोजना गर्ने भएका छन् । आउंदो २४ जुलाईका दिन धुमधामसंग मेला आयोजना गर्न साझा नेपाली समाजको संयोजकत्वमा एक समिति समेत बनाइएको छ।

साझा नेपाली समाजको बुधबार बसेको कार्यसमिति बैठकले नेपाली मेला गर्नका लागि सर्वसम्मत विष्णु चालिसेलाई मेला संयोजक तोकेको छ ।
साथै बैठकले मिडल्याण्डमा रहेका विभिन्न संघ संस्थाका रहेका प्रतिनिधि एवं समाजसेवीहरुलाई मेला समिति सदस्यमा मनोनित पनि गरेको छ । मेला भब्य र सभ्य रुपमा सम्पन्न गर्न आवश्यकता अनुसार सदस्यहरु थप गर्ने जिम्मेवारी संयोजक चालिसेलाई दिएको छ ।
जन्मभूमि नेपालको झल्को र न्यास्रो मेटिने गरि मिड्ल्याण्ड नेपाली मेला भब्यरुपमा मनाउने तयारीका साथ मिड्ल्याण्डका नेपाली समुदाय एकवद्ध भएतका छन् । बेलायतको नटिंघम शहरमा हुने यस मेला गत वर्षदेखि शुरु गरिएको हो । गत वर्ष पहिलोपटममा नै प्रमुख आकर्षण बनेको मेला यसपटक झन् विशाल हुने संयोजक चालिसेको दावी छ ।

मिड्ल्याण्ड नेपाली मेला बेलायतकै सबैभन्दा वृहत र आकर्षक बनाउन कुनै कसर बांकी नराखिने चालिसेले बताए । मेलामा विभिन्न सांस्कृतिक झांकीहरु, मौलिक तीज गीत, मौलिक ठाडो भाका, पन्चे बाजा, भजन कृतन, नेपाली राष्ट्रिय कलाकारहरुबाट लोक दोहोरी, लाखे नाच, नेपाली मार्च पास, त्यस्तै नेपालीमाझ खेलिने मिड्ल्याण्डकै जल्दोबल्दो खेलहरु क्रिकेट, भलिबल, फुटबल, लुठो तनातान, कबड्डी खेलहरु र नेपाली हाटबजारमा जस्तै सयौं थरिका खानाका परिकार र अन्य नेपाली सामानका दुकान साथै अन्य ब्यापारिक स्टलहरु राख्ने योजना छ ।
संयोजक चालिसेले मेला बेलायतकै नमूना मेला बनाउन कुनै कसर नराखिने र बेलायतवासी नेपाली समुदायलाई सहभागिता गराई सबैलाई आफ्ना ब्यवसायको विज्ञापन र प्रवर्धन गर्ने थलो बनाउने, आफ्नो प्रतिभा देखाउन खुल्ला अवसर दिने र मेला सम्पन्न गर्न सबैको हातेमालो गराउने मा आफू र आफ्नो टिम दिन रात खटेर लाग्ने बताए ।
मिड्ल्याण्डमा स्थापित पहिलो क्रिकेट खेलका संयोजक दिपक सापकोटाले यस वर्ष पनि मेलाको दिन फाइनल खेल पनि सोही दिन मीलाउने कोसीस समेत भैरहेको लण्डन नेपाल न्यूज लाई बताए ।
साझा नेपाली समाजको बैठक र चियापानको सम्पुर्ण ब्यब्स्था साझा नेपालि समाजका उपाध्यक्ष साथै हेरिटेज इन्डिया रेस्टुरेन्टका प्रोपराइटर प्रेम आले मगरले गरेका थिए।
संयोजक चालिसेले मेला भब्य रुपमा सम्पन्न गर्नका लागि सम्पूर्ण बेलायतवासी नेपालीलाई उपस्थितिका लागि आव्हान पनि गरेका छन् ।
मेला संयोजक समिति यस प्रकार छः
विष्णु चालिसे– मेला संयोजक
रामप्रसाद पन्थी – सदस्य सचिव
महेश अधिकारी- साझा नेपाली समाज यु के ट्रस्टी
रण बहादुर केसी– साझा नेपाली समाज यु के ट्रस्टी
दयानिधि सापकोटा -साझा नेपाली समाज यु के ट्रस्टी
गोमा पौडेल –साझा नेपाली समाज यु के ट्रस्टी
पवन शर्मा –साझा नेपाली समाज यु के ट्रस्टी
सोम सापकोटा- कोषाअध्यक्ष एनआरएनए
हिरा सापकोटा –पुर्ब अध्यक्ष नेपाली समाज नोतिघम, साझा नेपाली समाज युके खेल बिभाग प्रमुख
राजु कंडेल -पुर्ब अध्यक्ष साझा नेपाली समाज युके
गंगाधार गौतम -पुर्ब अध्यक्ष सझा नेपाली समाज
नारायण फुंयाल- श्रृजनशील लेष्टर नेपाल यूके अध्यक्ष एबम साझा नेपाली समाज यूकेका पूर्व उपाध्यक्ष
केशव भण्डारी – सामाजिक अभियन्ता
शिव खराल –साझा नेपाली समाज सस्कृतिक बिभाग प्रमुख
गोविन्द खरेल – उपाध्यक्ष एनआरएन युके
पशुपति पोखरेल -पुर्ब अध्यक्ष शिर्जन्सिल नेपाली समाज लेस्टर ,साझा समाज अभियन्ता
कोशलेश्वर (कृष्ण) ढकाल -अध्यक्ष सेफ एसुसेसन युके
हरि भट्टराई – सचिब साझा नेपाली समाज युके
प्रबिन खराल -अध्यक्ष शान्ति समाज बेलायत
राजु खत्री -यार्डली सदस्य सेफ असुसेसन यु के
किशोर लामिछने – अध्यक्ष ग्रान्थाम नेपाली समाज
रबिन्द्र शर्मा – अध्यक्ष नटिंघम नेपाली समाज
प्रबिण पान्डे –पुर्ब अध्यक्ष नोतिघम नेपाली समाज ,साझा समाज अभियन्ता
लोकनाथ अधिकारी-महा सचिब नेपाली समाज नोतिघम
शम्भु अर्याल-पुर्ब उपाध्यक्ष नेपाली सामाज नोतिघम
डिलाराम गौतम- उपाध्यक्ष गल्गोट समाज युके
कल्पना गुरूङ -अध्यक्ष नेपाली महिला समूह नोटिघम
माया प्रधान- शिर्जलसिल नेपाली समाज लेस्टर
केशव खतिवडा-उपाअध्यक्ष साझा नेपाली समाज युके
गोविन्द सापकोटा–साझा नेपाली समाज अभियन्ता कोभेन्ट्री
भीम सारु -समाजिक अभियन्ता ननिटन
उपेन्द्र पौडेल, निबर्तमान मेला समयोजक








