एन्जाको टिका स्मृति सक्रिय पत्रकारिता पुरस्कारबाट २ पत्रकार सम्मानित

सिड्नी । अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन एन्जाले यस वर्षदेखि वितरण गर्न थालेको टिका स्मृति पत्रकारित पुरस्कारबाट २ पत्रकार पुरस्कृत एवम् सम्मानित भएका छन् ।

एन्जाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मे ५ तारिख शुक्रबारका दिन सिड्नीको मेरिल्याण्डस्थित बार्दली फंक्सन सेन्टरमा आयोजना गरेको एक कार्यक्रममा उक्त सम्मान प्रदान गरेको हो । टीका कार्की सक्रिय पत्रकारिता पुरस्कारको पहिलो संस्करणबाट लामो समयदेखि अस्ट्रेलियामा कार्यरत रही नेपाली पत्रकारितामा सक्रिय एन्जाका पूर्वअध्यक्षहरु हेमन्त काफ्ले र ऋषि आचार्य पुरस्कृत एवम् सम्मानति भएका हुन् ।

पुरस्कारको राशि एक हजार डलर रहेको छ । अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समाजका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । पुरस्कार ग्रहण पश्चात लण्डन नेपाल न्यूजसगंको कुराकानीमा पत्रकारद्धय काफ्ले र आचार्यले पुरस्कारले आफुहरुलाई थप जिम्मेवारी बहन भएको बताए । उनीहरुले अस्ट्रेलियामा बढ्दो नेपाली समुदायसगैं नेपाली पत्रकारितालाई अझै मजबुत बनाउने कुरामा आफुहरु अझै गम्भीरताका साथ लाग्ने प्रतिक्रिया दिए । हिमालय रेडियोमा विगत दुई दशकदेखि क्रियाशील पत्रकार टीका कार्कीको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो । हरेक दुई वर्षमा क्रियाशील पत्रकारलाई एवार्ड र नगदसहित सम्मान गर्ने गरिन्छ । अष्ट्रेलियामा रही नेपाली सामूदायिक पत्रकारिता गर्ने २० भन्दा बढी संस्थाहरु छन् भने ५० भन्दा बढी पत्रकारले यी संस्थामा आबद्धता जनाएका छन् । यस्तै नेपालबाट प्रकाशित पत्रपत्रिका, टेलिभिजन र अनलाईनहरुको अष्ट्रेलिया प्रतिनिधिका रुपमा समेत केही पत्रकार क्रियाशील छन् ।