अस्ट्रेलियाका लागि नेपाली राजदूत दाहालद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले गर्भनर जनरल डेभिड हुर्लेसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरे । नेपाली दूतावास क्यानबेराले जारी गरेको विज्ञप्तिअनुसार राजदूत दाहालले बुधबार गर्भनर जनरल हुर्लेसमक्ष गर्भनरको कार्यालयमा आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा राजदूत दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश गर्भनर जनरल हुर्ले समक्ष प्रस्तुत गरेका थिए । दूतावासको वेभसाइटमा राखेको पे्रस नोटका अनुसार ओहदाको प्रमाणपत्र प्रस्तुत गरिसकेपछि आयोजित भेटघाट कार्यक्रममा गर्भनर हुर्लेलाई राजदुत दाहालले १९६० देखि नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय पारस्परिक सम्बन्ध आगामी २०२० मा ६० औं वर्षमा प्रवेश गर्ने जानकारी गराएका थिए । राजदूत दाहालले नेपाल–अष्ट्रेलियाबीचका व्यापार, पर्यटन, कृषि र ऊर्जा क्षेत्रमा विस्तार गर्न सकिने बताएका थिए । राजदूत दाहालले नेपालमा लागानीका अवसरका बारेमा पनि जानकारी गराएका थियो।

उक्त अवसरमा गभर्नर हुर्लेले पनि राजदूत दाहालमार्फत वर्तमान नेपालको अवस्था बारे जानकारी लिएका थिए । कही वर्षअगाडी गएको भूकम्प, पुनर्निमाण, पर्यटन तथा दुई देशबीच भएका पारस्परिक सम्बन्ध र सहकार्यका बिषयमा उनले चासो राखेका थिए । कार्यक्रममा अष्ट्रेलियन सरकार डिपर्टमेन्ट अफ फरेन एफियर्स एण्ड ट्रेडका चिफ प्रोटोकल, अष्ट्रेलियन सरकारका उच्च अहोदाका व्यक्तित्वहरु र दुताबासका कर्मचारीहरुको उपस्थिति थियो ।

सन् २००७ मा स्थापित नेपाली आवासीय दूतावासमा कार्यभार सम्हाल्ने दाहाल चौथा राजदूत हुन् । यस अगाडी योगेन्द्र ढकाल र रुद्रकुमार नेपालले आफ्नो कार्यकाल पूरा गरेका थिए । पछिल्लो राजदूत लक्की शेर्पा विवादमा परेपछि कार्यकाल नसकिँदै पदबाट राजीनामा दिइ स्वदेश फर्केकी थिइन ।

तस्बीर : नेपाली दूतावास अस्ट्रेलिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *