बेलायती राजाको राज्याभिषेक समारोह, राजा चार्ल्स तृतीयले पहिरिए राजमुकुट

लन्डन । बेलायतका राजा चार्ल्स तृतीयलाई एक भव्य समारोहका बीच राजमुकुट पहि-याइएको छ। शनिबार स्थानीय समय अनुसार दिउंसो १२ बजेर तीन मिनट जाँदा आर्चबिशप अफ क्यान्टरबरीले राजा चार्ल्सको शिरमा ‘सेन्ट एडवर्ड्ज क्राउन’ (राजमुकुट) पहि-याइ दिएका थिए। राजा चार्ल्स तृतीयकी पत्नी क्यामिलालाई पनि रानीको रुपमा मुकुट पहि-याइएको थियो। उनले ‘गड सेभ द किङ्ग’ भने पछि उपस्थित पाहुनाहरुले पनि उक्त भनाइ दोहो-याएका थिए ।

सेन्ट्रल लन्डनको ऐतिहासिक वेस्टमिन्स्टर आबीमा आयोजित विशेष समारोहमा ९० मुलुकका राष्ट्राध्यक्षहरु सहित विश्वभरबाट झन्डै दुई हजार विशिष्ट पाहुनाहरु सहभागी छन् । परराष्ट्र मंत्री एन पी साउदले नेपालको प्रतिनिधित्व गरिरहेका छन्। गत वर्ष सेप्टेम्बर महिनामा ब्रिटिश महारानी एलिजाबेथ द्वितीयको निधन पछि उनका जेठा छोरा युवराज चार्ल्सले गद्दी आरोहण गरेका थिए। २० वर्षको हुँदा चार्ल्सलाई ‘प्रिन्स अफ वेल्स’ घोषणा गरिएको थियो। बेलायतमा गएको ९०० वर्ष देखि वेस्टमिन्स्टर आबीमा राजाहरुको राज्याभिषेक हुने गरेको छ।

उक्त गिर्जाघरमा राज्याभिषेक हुने चार्ल्स ४० औं राजा हुन्। स्थानीय समय अनुसार शनिबार बिहान एउटा विशेष बग्गीमा राजा चार्ल्स र क्विन कन्सर्ट क्यामिला बकिङ्घम राजदरबारबाट वेस्टमिन्स्टर आबीतर्फ जाँदा सडकका दुबै तिर उभिएका हजारौं जनसमूहले ताली बजाएर स्वागत गरेका थिए। त्यस पछि विशेष बग्गीमा चढेर राजा तथा रानी बकिङ्घम राजदरबार फर्किएका थिए। गोर्खा सैनिकहरु पनि आजको विशेष समारोहमा सहभागी छन्