लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति रवि लामिछानेले यूके प्रवास संगठनको भेलालाई सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग यूकेको १४ मे आइतबार लन्डनमा हुने भेलालाई केन्द्रिय सभापति लामिछानेले सम्बोधन गर्न लागेको यूके सभापति पवन शर्माले जनाए ।
ब्लुरुम स्पोर्टस् भेन्यूमा मध्यान्ह १२ बजेदेखि हुने उक्त भेलामा लामिछानेले जुममार्फत ‘भर्चुअल’ सम्बोधन गर्नेछन् ।
भेलालाई उपसभापति डिपी अर्याल र प्रतिनिधि सभा सदस्य डा. स्वर्णीम वाग्लेले पनि सम्बोधन गर्ने छन् ।
शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आस्था र विश्वास राख्ने सबैलाई भेलामा सहभागी हुन पनि अपिल गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग यूके सभापति शर्माले विभागले संगठन विस्तारलाई प्राथमिकता दिएको बताउंदै आफ्नो संगठनमा जोडिन इच्छुकलाई अपिल गरेका छन् ।






