भव्य बन्यो सिड्नीको होली महोत्सव

सिड्नी । फागु पूर्णिमा अर्थात होली पर्वको अवसरमा कमेरो ईभेन्ट्सले सिड्नीमा आयोजना गरेको होली महोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।

११ मार्च शनिवार सिड्नीको हर्सभिल नजिकै रहेको डोनेली पार्क, कोनेल्स पोइन्टमा दर्जनौँ नेपाली कलाकारहरु र हजारौँ दर्शकहरुकाबीचमा होली महोत्सव उल्लासमय बनेको हो ।

दिउँसो साढे १ बजेबाट सुरु गरिएको कार्यक्रम बेलुकी ९ः३० बजेसम्म चलेको थियो । कार्यक्रममा मौलिक नृत्य, गायन, डिजेको रमाईलो प्रस्तुती, फेस पेन्टिङका साथमा नेपाली खानाका परिकारहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा लेवर पार्टीबाट ओटली क्षेत्रकी  साम्सद उम्मेदवार एस अम्बिहाईपाहारले अस्ट्रेलियामा नेपाली समुदायको बाक्लो बसोबासी बढेको र त्यससगैं अन्य समुदायका व्यक्तिहरुलाई सहयोग र सेवा गरेको देख्दा खुसी लागेको बताईन् ।

फेस्टिबलको विशेष आकर्षणको रुपमा चर्चित गायिका समिक्षा अधिकारी, गायिका एलिना चौहान, सुशान्त ठुले, चर्चित मोडल अञ्जली अधिकारी, नायक तथा गायक आमेश भण्डारी, मोडल विमल अधिकारी र गायक सुरज लगायत अन्य दर्जनौँ स्थानीय कलाकारले प्रस्तुती दिँदा दर्शकहरु झुमीझुमी नाचेका थिए । भने डोनेली पार्क होलीमय बनेको थियो ।

फेस्टिबलमा नेपाली लगायत गैह्र नेपाली समुदायका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो भने एक आपसमा होलीको खुसी साटासाट गर्दै महोत्सवको अवसरमा आयोजना गरिएका कार्यक्रमहरुमा मनोरञ्जन लिँदै दर्शकहरु निकै उत्साहित बनेका थिए ।

कार्यक्रम स्थल डोनेली पार्क बाट हर्सभिल ट्रेन स्टेसन सम्म आयोजकले जान आउन बसको समेत व्यवस्था समेत गरेको थियो । फेस्टिबललाई अस्ट्रेलिया स्थित थुप्रै व्यवसायिक सघंसंस्थाहरुले प्रायोजन गरेका थिए ।