स्पेनको बार्सिलोनामा गायक राजेन्द्र लम्सालको निधन

लण्डन् । बरिष्ठ लोक दोहोरी गायक राजेन्द्र लम्सालको निधन भएको छ । स्याडंजा जिल्ला ज्याग्दी स्थायी घर भएका लोकगायक राजेन्द्र लम्सालको स्पेनको बार्सिलोना स्थित भाल डे वर्न हस्पिटलमा निधन भएको हो ।

लामो समय स्पेनको बार्सिलोना बस्दै आएका ६० बर्षिय राजेन्द्रको गए राती क़रीब ९ वजे निधन भएको हो । राजेन्द्र अहिलेका लोकप्रिय मोडल सागर लम्साल (बले)को बुबा हुन् ।

‘राष्ट्रिय दोहोरी गीत प्रतिष्ठानका नेपाल’का संस्थापक वरिष्ठ लोक दोहोरी गायक, सर्जक  एवम् ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका’ युरोप शाखाका संस्थापक संरक्षक थिए ।

गायक लम्साल हाल स्पेनमा बसोबास गर्दै आएका थिए ।राजेन्द्र लोक क्षेत्रका पुराना गायक हुन् । उनले गाएका दर्जनौं गीत लोकप्रिय छन् । ‘डोरीको तिन फुदा’, ‘वालिङ्ग फिरफिरे’, ‘शिरमा रिवन सल्को पछ्यौरी’, ‘भिरको टुनि हो’, ‘मस्र्याङदीको पुल’, ‘आमा तिम्रो दुधको भारा’, ‘राईनासकोटको भिर’, ‘निलो पछ्यौरी’ लगायतका लोकप्रिय गीत हुन् ।उनको जापान टोकियो गित सर्वाधिक लोकप्रिय रहेको थियो ।उनले प्रेमराजा महत, अमर विरही गुरुङ, बमबहादुर कार्की लगायत गायकहरूसँग गीत गाएका थिए ।

स्व. राजेन्द्रलाई सामाजिक सञ्जालबाट बिभिन्न कलाकर्मिले श्रृद्धान्जली दिइरहेका छन् ।