बेलायतको पिटरवोरोमा नेपाली चलचित्र महापुरुष प्रदर्शन हुने

पिटरबरो नेपाली समाजको संयोजनमा नेपालमा “घर-आँगन शिक्षा” को सहयोगार्थ अत्यधिक चर्चित नेपाली कथानक चलचित्र “महापुरुष” यही १३ मार्च २०२३ मा पिटरवोरोको की थेटर इम्वाक्मेन्टमा साझ ५: ३० देखि प्रदर्शन गर्न लागिएको समाजमा महासचिव निरन्जन सेढाईले जानकारी गराएका छन्।

रौतहट मुसहर वस्तीको घर आँगन शिक्षाको सहयोर्थ च्यारीटी संस्था पिटरवोरो नेपाली समाजको संयोजनमा हुन लागेको चर्चित नेपाली चलचित्र महापुरुष हेरेर मनोरंजन लिनुको साथै नेपालीमा विपन्न वर्गको शिक्षामा सानोतिनो सहयोग गर्ने उद्देश्य रहेकोले समय मिल्ने पिटरवोरो लगायत आसपासका सबैलाई फिल्म हेर्न उपस्थितिका लागि समाजका अध्यक्ष केशव खतिवडाको अनुरोध रहेको छ ।

नेपालमा गत कार्तिक देखि करिव दुई महिना राम्रो प्रर्दशन गरेको महापुरुष चलचित्रमा चर्चित हास्यकलाकार हरिवंश आचार्यको मुख्य अभिनय रहेको छ भने मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्र सिंह बानियॉ, अरूण क्षेत्री, अन्जना बराइली लगायतका कलाकारको अभिनय रहेको छ ।