एनआरएनए तास्मेनिया युथ फोरमले रक्तदान कार्यक्रम गर्दै

सिड्नी । एनआरएनए ताज्मानिया राज्य परिषद युथ फोरमले रक्तदान कार्यक्रम गर्ने भएको छ । नेपाली समुदायका व्यक्तिहरुको उपस्थितिमा फोरमले आगामी मार्च ४ तारिख लाईफब्लड होबर्ट डोनर सेन्टरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रक्तदान जीवनदान भन्ने नारालाई आत्मसाथ गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्य सहित रक्तदान कार्यक्रमको आयोजना गरिएको एनआरएनए तास्मेनिया युथ फोरमका स्टेट ट्रेजरर अस्मिन घिमिरेले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।

फोरमले सो कार्यक्रममा २५ जनाले रक्तदान गर्ने उद्धेश्य राखेको छ । जसमध्ये २० जना व्यक्तिहरुको नाम सकंलन भईसकेको उनको भनाई छ । फोरमका पदाधिकारी, सदस्यहरु एवम् अन्य विभिन्न क्षेत्रका सहित नेपालीहरुले रक्तदान कार्यक्रममा भाग लिने उनले बताए ।

उद्धेश्य भन्दा बढी रक्तदान गर्ने व्यक्ति ईच्छुक भएमा कार्यक्रमलाई लम्बाएर आईतबार समेत गरिने घिमिरेले जानकारी दिए । रक्तदान कार्यक्रमलाई नेपाली समाज ताज्मानिया र नेपाली सोसाईटी अफ ताज्मानियाले पनि सहयोग गरेका छन् ।फोरमले रक्तदान कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन र जीवनदान कार्यमा सहभागी हुन सबैसगं अनुरोध समेत गरेको छ कार्यक्रमलाई नेपाली समाज तास्मेनिया र नेपाली सोसाइटि अफ तास्मेनिया ले सहयोग गर्ने भएका छन ।