एन्टाले सिड्नीमा ‘होली हगांमा २०२३’ गर्दै

सिड्नी । एसोसिएसन अफ नेपाल तराई (एन्टा) अस्ट्रेलियाले होलि पर्व भव्य रुपमा मनाउने भएको छ । एसोसिएसनले आगामी मार्च ५ तारिख सिड्नीको रकडेल स्थित ईन्द्रेणी फंक्सन सेन्टरमा होली हगांमा २०२३ कार्यक्रमको आयोजना गरी भव्य रुपमा होली पर्व मनाउने भएको हो ।

बेलुकी ६ बजेबाट सुरु हुने कार्यक्रममा विविध सांस्कृतिक, मनोरञ्जनात्मक तथा रमाईलो मेलाका साथमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बजोड सांगीतिक प्रस्तुती रहने एन्टा अध्यक्ष सुवाशं शाहले जानकारी दिए । आपसी भाईचारा र भातृत्व स्थापित गरी रगंहरुको पर्वको रुपमा मनाईने होली पर्वलाई भव्य रुपमा मनाउने गरी तैयारीका कामहरु अहिले अन्तिम चरणमा पुगेको उनले बताए ।

मौलिक कला संस्कृति झल्कने प्रस्तुती सगैं खानाका परिकारहरु मुख्य आकर्षणको रुपमा रहने बताईएको छ । नेपाली, भोजपुरी र बलिउड सगींत सहित रगं खेलेर मनाउने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय कलाकार प्रकाश दूतराज, सुनिल पण्डित नेपालबाट आउने र सिड्नीका स्थानीय  कलाकारहरु रमन रेग्मी, हेमन्त तामाङ, किरण शाह, धर्मेन्द्र मिलन, रुपक बुढाथोकी  लगायतको सागींतिक प्रस्तुती रहने अध्यक्ष शाहले बताए ।

कार्यक्रमलाई अस्ट्रेलिया स्थिति विभिन्न व्यवसायिक सघंसंस्थाले प्रायोजन गरेका छन् । एनआरएनए अस्ट्रेलियाले पनि कार्यक्रममा सहयोगी संस्थाको रुपमा काम गरेको छ । कार्यक्रममा बहुसांस्कृतिक दर्शकको बाक्लो उपस्थित हुने आयोजकको अनुमान छ ।

२००८ देखि प्रत्येक वर्ष संस्थाले निरन्तर रुपमा होली विशेष कार्यक्रम गर्दै आएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व हिमाली एवं पहाडी र तराईका जिल्लामा हर्षोल्लासका साथ मनाईन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्वमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।