शिब भण्डारी/प्रकाश कंडेल
लन्डन । बेलायतमा आयोजना गरिएको साताव्यापी नेपाली फिल्म फेस्टिबलमा सहभागी हुन नेपालका दर्जनौँ कलाकार आईपुगेका छन् । उनीहरु बिहिबार साँझ हिथ्रो विमानस्थलको टर्मिनल ४ मा अवतरण गरेका हुन् । २५ तारिख शनिवार हुने उक्त कार्यक्रममा सहभागी हुन उनीहरु बेलायत आएका हुन् । २५ फेब्रुअरीमा अल्डरसटस्थित एम्पायर हलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

बेलायत आइपुगेका कलाकारहरुलाई विमानस्थलमा स्वागत गर्न थर्ड आई आयोजक समूहका तर्फबाट विकास देवकोटा,ओजेश सिंह,उमेश मोक्तान,सनम बैराग, नेपाली चलचित्र क्षेत्रका अग्रज बिनोद मानन्धर, नेपाल चलचित्र कलाकार संघ यूके (फान)की अध्यक्ष रोमियन लिम्बु ,प्रसान्त खड्का ,सुरेश राज पाठक,गैरआवासीय नेपाली संघ इङ्ल्याण्ड राज्य परिषद अध्यक्ष लालबहादुर (एलबीजेड) गुरुङ,शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका,उपाध्यक्ष विक्रम भट्टराई लगायत पुगेका थिए ।विमानस्थलमा उत्रिए लगत्तै नेपाली कलाकारहरु निकै उत्साहित भएका थिए ।

लोकप्रिय कलाकारहरु करिष्मा मानन्धर, स्वस्तिमा खड्का, आंचल शर्मा, रिमा विश्वकर्मा, विल्सन विक्रम राई, अनुपविक्रम शाही, पुष्प खड्का, सरु थापा,अनु शाह, कृष्टिना गुरुङ, दिनेश डिसी, मिलन चाम्स,यश कुमार, विक्रम जोशी, कविता मानन्धर, विन्दु परियार, सहिमा श्रेष्ठ , सन्तोष सेन, राज कटुवाल लगायत दुई दर्जन कलाकार बेलायत आएका हुन् । नेपाली चलचित्र प्रदर्शनीदेखि अल्डरसट एम्पायर हलमा विभिन्न प्रस्तुति महोत्सवका आकर्षण हुनेछन् ।
२५ फेब्रुअरी सांझ अल्डरसटस्थित एम्पायर हलमा नेपालबाट आएका कलाकारहरुको विशेष ‘परफर्मेन्स’ सहित महोत्सव गरिनेछ । सो अवसरमा बेलायतस्थित कलाकारहरुको पनि प्रस्तुति रहनेछ । महोत्सवले नेपाली फिल्मलाई अन्तरराष्ट्रिय जगतमा लैजान टेवा पुग्ने विश्वास गरिएको छ ।आयोजकले महोत्सवमा सबैलाई सहभागी हुन निमन्त्रणा गरेका छन् ।
भिडियोमा हेर्नुस






