यी हुन् बालक बलात्कार गर्ने महिला

index

सामान्यतया पुरुषले महिलालाई बलात्कार गरेको घटना समाजमा व्याप्त छन् । यौनको प्यासलाई नियन्त्रण गर्न नसक्दा कतिपय पुरूषहरूले नाबालिकादेखि बृद्धालाईसमेत बलात्कार गरेको घटना बेला बेलामा सार्वजनिक हुने गरेका छन् ।

तर जर्मनमा एक २८ वर्षकी महिलाले नाबालक बालकसँग शारीरिक सम्पर्क राखेको अभियोगमा अदालतले तीन वर्षको कैद फैसला सुनाएको छ ।अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार केरोलिन सेलिसबरी नामकी महिलाले जर्मनीस्थित ब्रिटिस आर्मी बेस क्याम्पको एक स्कुलमा अध्ययनरत १४ वर्र्षिया एक बालकसँग पहिला मित्रता कायम गर्दै पछि धेरैपटक शारीरिक सम्पर्क राखेकी थिइन ।

अदालतले ती महिलालाई गत मार्चमा दुई वर्षको कैद सजाय सुनाएको थियो । तर, पीडित पक्षले सजाय बढाउनलाई दोस्रो पटक अदालतसमक्ष उजुरी दर्ता गराएका थिए । उनले पनि आफूले बालकलाई बलात्कार गरेको कुरा स्वीकार गरेकी थिइन ।