मगर समाज अस्ट्रेलियाले माघे सक्रांन्ति मेला गर्दै

सिड्नी ।मगर समाज अस्ट्रेलियाले माघे सक्रांन्ति मेला २०२३ भव्य रुपमा मनाउने भएको

समाजले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि माघे संक्रान्ती मेला २९ जनवरी आईतबार सिड्नीको गफ व्हिटलाम पार्कमा माघेसक्रांन्ति मेला आयोजना गरेको सचिव लुकेस राम्जालीले जानकारी दिए

कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको सागींतिक प्रस्तुती सगैं,मौलिक नृत्य,बालबालिकाको नृत्य,लिगलिग दौड, जम्पिङक्यासल, नेपाली खानाका परिकारसगैं स्थानीय ब्याण्डहरुको प्रस्तुती रहने उनले बाए

कार्यक्रममा सांगीतिक रौनकता थप्न लोक दोहोरी क्षेत्रकी ख्यातिप्राप्त गायिका सम्झना लामिछाने मगर तथा गायक सागर आले मगर झलक पुन मगरले समेत प्रस्तुती दिनेछन्

कार्यक्रममा सहभागिताका लागि सिड्नीवासी नेपाली समुदायसँग समाजले आग्रह गरेको

माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले नेपालको बिभिन्न समुदायमा मानाइने बिशेष चाड हो भने मगर समुदायको लागि प्रमुखचाड मानिन्छ ज्योतिष शास्त्रका अनुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरीउत्तरायण हुने हुनाले यसलाईमकर संक्रान्तिपनि भनिएको हो

सन् २०११ देखि प्रबासमा मगर संस्कृति परम्पराको जगेर्ना साथै निरन्तरताको लागि अष्ट्रेलिया गठन भइ बिबिध परोपकारी कार्यमासमेत सक्रिय रहदै आएको मगर समाज अष्ट्रेलियाले बिगतका बर्षहरु मा जस्तै यस बर्ष पनि माघे सक्रान्ति मेला मनाउने तयारी गरेको हो