काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा ‘प्रचण्ड’ बहुमत प्राप्त गरेका छन् ।
संसदमा विश्वासको मतका लागि मंगलवार भएको मत विभाजनमा पक्षमा २६८ र विपक्षमा जम्मा २ मत प्राप्त भएको हो ।
१६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गरे पनि अन्तिममा नेपाली कांग्रेस, नेकपा एस र लोसपाले समेत मत दिएका हुन् ।
यससँगै प्राविधिक हिसाबले प्रतिनिधिसभा प्रतिपक्षविहीन जस्तै बनेको छ ।






