काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
संसद भवन नयाँबानेश्वरमा बसेको कांग्रेस कार्यसम्पादन बैठकले उक्त निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले बताए । बैठकमा सरकारलाई मत दिने विषयमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले असहमति जनाएका छन् ।
तर यादवले सर्वसम्म्त निर्णय भएको दावी गरे । कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने सर्वसम्मत निर्णय गरेपछि अब संसदीय दलको बैठक बस्ने भएको छ।
उक्त निर्णयलाई अब संसदीय दलको बैठकले अनुमोदन गर्नेछ । कांग्रेसको यो बैठकपछि अब केही बेरमा संसद बस्ने तयारी भएको छ ।
जहाँ प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछ । अब प्रचण्डको पक्षमा दुईतिहाइ बहुमत हुने देखिएको छ ।






