१७५७ मा भएको प्लासी युद्धमा यसरी लडेका थिए बहादुर गोर्खा सैनिकहरु (भिडियो सहित )

लण्डन |

gurkhas 1950

१७५७ मा भएको प्लासी युद्धमा रोवर्ट क्लाइवको निर्णायक विजयले भारतमा बेलायती प्रभुत्वको स्थापन गरी प्रतिष्ठित इस्ट इन्डिया कम्पनीको विस्तारका लागि ढोका खोलेको थियो |प्लासीमा भएको त्यो घटनाको करिब १० वर्षपछि बेलायतीहरु आफुले जितेका बंगाल र बिहारका उत्तरी सीमामा रहेको अद्वितीय र बलियो शक्तिको सम्पर्कमा आएका थिए |

 

 

के गरेका थिए पूर्व राजा पृथ्वीनारायण शाहले ?

gurkhas 19501

यो शक्ति थियो गतिशील पूर्व राजा पृथ्वीनारायण शाहको नेतृत्वमा रहेको शहरी राज्य, गोरखा। हालको नेपालको पश्चिमी क्षेत्रमा रहेको सामन्ती गोरखा एउटा पहाडी गाउँ थियो, र यसैको नाममा वीर गोरखाली सैनिकहरु प्रख्यात छन्। पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरु यति शक्तिशाली हुँदै गए की उनीहरुले पश्चिममा कश्मिरको सीमादेखि पूर्वमा भुटान सम्मका सबै पहाडी देहातहरु आफ्नो कब्जामा पारेका थिए।

अन्तत: सीमा विवाद र गोरखा सैनिकहरुको बारम्बार छापाका कारण बेलायती साम्राज्यका राज्यपाल सेनापतिले नेपाल विरुद्ध १८१४ मा युद्धको घोषणा गरे। दुई पटकका लामा र घमासान लडाईँपछि १८१६ मा सुगौलीमा शान्ति संधि कायम गरिएको हो |
युद्धका क्रममा बेलायतीहरु गोरखाली सैनिक हरुको साहस र अन्य गुणहरुदेखि प्रभावित भए। बेलायती र नेपालीहरु बीच यही समयदेखि नै पारस्परिक आदर भावनाको उजागर भएको थियो।

कसरी भयो बेलायत र नेपालको मित्रता ?

gurkhas 19502

शान्ति संधिका सर्तहरु बमोजिम गोरखा सैनिकहरुलाइ स्वेच्छापूर्वक इस्ट इन्डिया कम्पनीको सेनामा सेवा गर्न अनुमति थियो।
यी नै सैनिकहरुबाट गोरखा ब्रिगेडका पहिला पल्टनहरु गठन भएका थिये। यही समयदेखि नै नेपाल र बेलायतबीच मित्रता स्थापना भयो र नेपाल एक पक्का मित्र हुनुका साथै एसियाको सबैभन्दा पुरानो मित्र राज्य हुनपुगेको हो |

गोरखामाथि राखिएको त्यो विश्वासमा कहिलेपनि शंका गर्नुपरेको छैन। बेलायती कमरेड सँगसँगै गोरखाले विश्वका धेरै भागहरुमा लडाईँ गरिसकेको छ, र ती हरेक युद्धमा उसले आफुलाई बहादुर र बेलायतको अझ घनिस्ठ मित्र साबित गरेको हो |
गोरखाली सैनिकका लागि बेलायती झन्डा अन्तर्गत भारतमा “शान्तिको पालना” १८१७मा पिडारीको युद्धबाट सुरु भयो। गोरखाली सैनिक ले आफ्नो पहिलो जित १८२६मा भुर्तपोरमा हात पारेका थिए |

यी दुई वरिष्ठ पल्टनहरुले १८४६ को पहिलो सिख युद्धका भीषण लडाईँहरुमा आफुलाई साबित गरे। यस पश्चात गोरखाली सेनाका ६ वटा पल्टनहरुलाइ १८४८को दोस्रो सिख युद्धमा सामेल गरियो।

१८५७-१८५८ मा भारतीय विद्रोहका क्रममा दोस्रो गोरखाली सैनिकले आफ्नो वफादारीताको विचित्रको प्रमाण दिए। दिल्लीमा ६०औँ राइफल्स (हालको “दी राइफल्स”) सँगसँगै उनीहरुले हिन्दु रावको घर कब्जा गरे। त्यो घर तीन महिना भन्दा बढीदेखि विद्रोहीहरुको आक्रमणमा परेको थियो, जसकारण त्यसको कब्जा बेलायतका लागि महत्त्वपूर्ण थियो। ४९० जना मध्ये गोरखाले त्यसबेला ३२७ जना (९ मध्ये ८ बेलायती सैनिक सहित) को ज्यान गुमाएको थियो।

इस्ट इन्डिया कम्पनी पश्चात्  :

gurkhas 19503

 

नेपाली प्रधानमन्त्रीको नेतृत्वमा त्यही विद्रोहका बेला १२ वटा गोरखाली पल्टनका ८,००० सैनिकहरु लखनौमा अन्तिम सहायताका क्रममा सामेल भए। त्यसपछिका ५० वर्षमा बर्मा, अफ्गानिस्तान, भारतकै उत्तरपूर्वी र उत्तर पश्चिमी भु-भाग, माल्टा, साइप्रस, मलाया, चीन (दी बक्सर रिबेलियन १९००) र तिब्बत (यो हस्बैन्ड एक्स्पिदिसन १९०४) मा गोरखाली सैनिकको सक्रिया सेवा रहेको थियो |

 

सेवारत गोर्खाको पहिलो आत्मकथा, तालिवान लडाकुसंग यसरी लडेका थिए बहादुर गोर्खा :

Kailash-Limbu2_3329677b

सन् २००६ को समर, स्थिति सामान्य तुल्याउन तालिवानसंग गोर्खाहरुले झण्डै महिनादिन भयंकर लड्नु परेको थियो । चिनुक हेलिकप्टरमा नोवाद गएको लिम्बु र उनको प्लाटुनले शुरुमा ४८ घण्टाभित्र लडाकु नियन्त्रणमा आउने ठानेका थिए तर झण्डै घेरा हालेर स्थिति साम्य पार्न महिना दिन लाग्यो । गोर्खाले त्यो काण्डमा करिब एकसय जना लडाकु मारिदिएको विश्वास गर्छन् भने ५० हजार राउण्ड गोलीबारुद सकिएको थियो ।

डब्लुओटु लिम्बु सम्झन्छन्, ‘ति लडाकुहरु साहसी थिए तर मलाई ति प्रति गोली हानेकामा कत्ति पछुतो छैन् किनभने तिनीहरु हामीलाई मार्न कोशिस गरिरहेका थिए ।’ कैलाश लिम्बुले ति सबै घट्ना समावेश गरेर आत्मकथा 
तयार पारेका छन् । सेवामा रहेकै बेला गोर्खाले लेखेको त्यो पहिलो आत्मकथा हुनेछ ।
संयोग कस्तो भने, यसै वर्ष ब्रिटिश सेनामा गोर्खा भर्तीको २०० वर्ष पुगेको अवसरमा लिम्बुको आत्मकथा आउन लागेको छ ।

अहिले ३३ वर्ष लागेका लिम्बु सेकेन्ड बटालियन रोयल गोर्खा राइफल्स् फोक्सटोनमा सेवारत छन् । उनी आफूलाई पहाडमा हुर्के बढेको सामान्य युवा ठान्छन् जसले १५ वर्षको उमेरसम्म पनि कार देख्न पाएका थिएनन् ।