शिव भण्डारी लन्डन । २५ डिसेम्बर, अर्थात क्रिसमस डे । इसाई धर्मावलम्बीहरूको सबैभन्दा ठूलो पर्व क्रिसमसले सहरबजार तातेको छ । बेलायतमा व्यापारिक केन्द्र, मलहरूमा क्रिसमस झल्कने गरी विभिन्न सजावट गरिएको छ।यस अवसरमा शहरका विभिन्न स्थानमा क्रिसमस ट्रि सजाएर राखिएको छ ,यहाँ मानिसहरूको जमघट पनि उत्तिकै छ।
यसै बीच नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष समाजसेवी आरती श्रेष्ठ र क्याप्टेन आर एस श्रेष्ठ जोडीले निकट आफन्त र साथीभाइ सहितको जमघट आयोजना गरी क्रिसमस तथा नयाँ वर्षको स्वागतमा एक समारोह आयोजना गरेका छन् ।
इसाई धर्माबलम्बीहरूको पर्व ‘क्रिसमस डे’मा आयोजित उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, बेलायतको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद बीरेन्द्र शर्मा, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबीइ), यती नेपाली एसोसिएसन यूके अध्यक्ष ध्रुव केसी, सोलिसिटर राजु थापा, नेपाली साहित्य विकास परिषद यूकेका अध्यक्ष कोमल मल्ल श्रेष्ठ, बेलायतस्थित नेपाल पर्यटन बोर्डका दूत व्यवसायी महन्त श्रेष्ठ, वरिष्ठ पत्रकार सुमन खरेल, गायिका सितु खरेल, पत्रकारहरु नवीन पोखरेल, शिव भण्डारी लगायत बेलायतको नेपाली समुदायका गन्यमान्य व्यक्तित्वहरुको सहभागिता थियो ।
समाजसेवी आरती श्रेष्ठले समाजका वरिष्ठ व्यक्तित्वहरु र परिवारजनबीच उपहार र शुभकामना साटासाट गरी वर्षेनी क्रिसमस समारोह हर्षोल्लासपूर्वक ‘सेलिब्रेसन’ गरेको लन्डन नेपाल न्यूज लाई बताइन् । समारोहमा शुभकामना र उपहार साटासाटमात्र होइन्, बेलायतको नेपाली समुदाय र नेपालको समृद्धि, नेपालीको हित तथा कल्याणकारी कार्य र दुई देशबीचको सम्बन्धबारे समेत विचारविमर्श भएको थियो ।










