बेलायतमा तमुधिंको ल्होछारमा बेजोड प्रस्तुति दिन चर्चित कलाकार चिज गुरुङ,भिमु र सुरेन्द्र गुरुङआउदै

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली संस्थाका रुपमा चिनिने तमूधिं यूकेले डिसेम्बर ३१ तारिखमा हि ल्हो (बिरालो वर्ग) को अवसरमा ल्होछार कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा ख्यातिप्राप्त लोक तथा दोहोरी गीतका कलाकारहरु चिज गुरुङ,भिमु गुरुङ,राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका अधक्ष्य लोकगायक सुरेन्द्र गुरुङ बेलायत आउने तमुधिं यूकेले जनाएको छ।

कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा बेलुकी ५ बजेदेखि हुने छ । तमुधिं यूकेले हरेक वर्ष नेपालबाट कलाकारहरु बोलाएर सांगीतिक प्रस्तुति सहित ल्होछार कार्यक्रम भव्य रुपमा मनाउने गरेको छ ।

ल्होछार कार्यक्रमका लागि उपाध्यक्ष जुमकाजी गुरुङ संयोजक छन् । उनले कार्यक्रमको तयारी तीव्र रुपमा भै रहेको लन्डन नेपाल न्यूज बताए । कार्यक्रममा उपस्थितिका लागि अध्यक्ष हित काजी गुरुङले सम्पूर्णमा आग्रह गरेको छन् ।महान् चाड तमु ल्होछार कार्यक्रममा सहभागि भई चर्चित कलाकारको साथमा भरपुर मनोरञ्जन लिन सल्लाहकार डेबिड गुरुङले अनुरोध गरेका छन् ।

ल्होछारका दिन बर्सेनि प्रकाशन हुने फ्रेंसी पत्रिका विमोचन, ‘डा हर्क अवार्ड २०२२’ वितरण, विभिन्न समुदायमा योगदान दिने व्यक्तिहरुलाई सम्मान, राफल ड्र, राष्ट्रिय र स्थानीय कलाकारको नृत्य, गायन जस्ता विविध प्रस्तुति हुने तमुधिंले जनाएको छ।