अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टीबाट हराउँदै विश्वकपको उपाधि उचाल्यो

लन्डन । कतारमा जारी विश्वकप फूटबल २०२२ को फाइनल खेल सम्पन्न भएको छ । खेलमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै अर्जेन्टिना विजयी भएको हो।

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि जितेको छ। लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको हो।

सन् १९९८ र गत २०१८ को बिजेता सम्म रहेको फ्रान्सले यस पटक बाजी मार्न सफल भएन । अत्यन्तै प्रतिस्प्रद्धा रहेको उक्त खेलमा अतिरिक्त समयमा पनि बराबर भए पेनाल्टी प्रहार गर्न दिइएको थियो ।

स्वयम लिओनेल मेस्सीले २३ औ मिनेटमा पेनाल्टी र ३६ मिनेटमा आहेल डि मारियाले गोल गरेता पनि फ्रान्सका किलियन म्बाप्पेले ८० ,८१ र ११८ मिनेटमा गोल गरेका थिए । उनले २ गोल पेनाल्टीबाट गोल गरेका थिए ।

त्यस पछि कुनै गोल गर्न नसके पछि अतिरिक्त समय खेलाईएको थियो । अतिरिक्त समय पछि पेनाल्टीमा अर्जेन्टिनाले ४-२ ले गोल गदै फ्रान्सलाई हराएको छ ।

बिश्व भकुण्डो प्रतियोगिताको वरियता क्रममा तेश्रो स्थान रहेको अर्जेन्टिनाले वरियता क्रममा चौथो स्थानमा रहेको फ्रान्सलाई हराएको छ ।

मध्यान्तर अगाडी नै सरल रुपमा अर्जेन्टिनाले २ गोल र अतिरिक्त समयमा १ गरेको थियो भने फ्रान्सले मध्यान्तर पछाडी अन्तिम समयमा ३ गोल गर्न सफल भए पछि पनि बराबार भए पछि पेनाल्टी प्रहार गर्न दिईएको थियो ।

बिश्वकै महान खेलाडी लिओनेल मेस्सी खेलाडीले अत्यन्तै राम्रो प्रदर्शन गरि फ्रान्सलाई पराजित गरेका छन् ।