सिड्नीको बहुसांस्कृतिक कार्यक्रममा नेपालीहरुको सहभागीता

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा बहुसांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।अष्ट्रेलियन मल्टीकल्चरल एलाएन्स, आम्रा बंगलादेशी र नेप्लिज अस्ट्रेलियन वेयलफेयर काउन्सिलको संयुक्त आयोजनामा डिसेम्बर ३ तारिख सिड्नीको साउथवेस्ट मिन्टो कोरोनेशन पार्कमा पहिलो पटक नेपाली समुदायको आयोजनामा मल्टिकल्चरल म्यूजिक एण्ड फुड फेस्टिबल सम्पन्न भएको हो ।

कार्यक्रममा चर्चित कलाकारहरु रमन रेग्मी, एजे आचार्य, र रिमा मोक्तानले आफ्नो रकिङ प्रस्तुती दिएका थिए भने अरेबियन गीत, ईन्डियन बगांली, र लाईभ अग्रेंजी ब्याण्डको समेत प्रस्तुती रहेको थियो । सागींतिक प्रस्तुतीमा दर्शकहरु निकै मनोरञ्जन लिएर झुमेका थिए ।

उक्त अवसरमा पाठशालाका सयोंजक विष्णु घिमिरलेलाई समाजसेवीको रुपमा सम्मान गरिएको थियो भने उनीसगैं विभिन्न क्षेत्रबाट सामाजिक कार्यमा सक्रिय विभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।

क्याम्डेनका बहुसांस्कृतिक मन्त्री प्रतिनिधि पिटर ब्रायन सिडग्रेभ्सको प्रमुख आतिथ्यता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै काम्पबेलटाउन काउिन्सलका मेयर जर्ज ग्रेसले विशाल कार्यक्रममा आफुहरुलाई पनि सहभागी हुने अवसर दिएकोमा आयोजक प्रति धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै नेप्लिज अस्ट्रेलियन वेयलफेयर काउन्सिलका अध्यक्ष नागेन्द्र अधिकारीले कार्यक्रमको महत्व बारे प्रकाश पारेका थिए । छोटो तैयारी र निकै छोटो समयका बाबजुद आयोजना गरिएको कार्यक्रममा दर्शकहरुको उत्साहजनक उपस्थिति देखेर आफु उत्साहित बनेको भन्दै सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।

काम्पबेलटाउन काउन्सिलका मसुध खलिलको विशेष सहयोगका सम्पन्न भएको कार्यक्रम आगामी वर्षमा पनि निरन्तर रुपमा आयोजना गर्दै जाने उनले बताए ।

कार्यक्रममा क्याम्डेन काउन्सिलर उषा डम्राजले क्याम्डेन काउन्सिलको तर्फबाट सहभागी हुँदै बाल कलाकारहरुलाई मेडल वितरण गरेकी थिईन् । सोही कार्यक्रममा काम्बेलटाउन काउन्सिलका काउन्सिलर जोन पनि सहभागी भएका थिए ।

कार्यक्रममा विशेष आकर्षणको रुपमा गीत,सगींत नृत्य तथा बालबालिकाहरुको प्रस्तुती रहेको थियो । नेपाली समुदायबाट प्रतिनिधित्व गर्दै प्रिस्मा श्रेष्ठ, सनय पण्डित र जिया भण्डारीले आफ्नो प्रस्तुती दिएका थिए भने गायिका, नायिका, मोडल, एवम् निर्देशिका जेनिसा गौतमको नृत्यमा सहभागीहरु रमाईरहेका थिए ।

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, जनसम्पर्क समितिका अध्यक्ष सुरेश गुरुङ, लुमिया नेप्लिज कम्युनिटीका अध्यक्ष प्रकाश हुमागाईँ, साउथ वेस्ट नेप्लिज कम्युनिटी सिड्नीका अध्यक्ष सुदिप ढकाल, माकाथर नेप्लिज कम्युनिटीका अध्यक्ष एकनन्द ज्ञवाली, ब्लड नेपालका अध्यक्ष भुपाल सिटौला लगायत नेपाली समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाली भुेषभुषामा सुसज्जित भएर नेप्लिज अस्ट्रेलियन वेयलफेयर काउन्सिलकी ट्रेजरर सवला बस्नेतले गरेकी थिईन् ।विभिन्न देशका विविधता बोकेका प्रस्तुती सगैं पछिल्लो पुस्तालाई सहभागी बनाएर आयोजना गरिएको कार्यक्रममा राखिएका विभिन्न देशका खानाका परिकारहरुले दर्शकहरुको ध्यान तानेको थियो । कार्यक्रममा विभिन्न नेपाली, ईन्डियन, बगांली, चाईनिज , नेपाली युवा व्यवसायी राजेश के.सी को फ्लेभर अफ नेपाल लगायत  विभिन्न देशका खानाका परिकारहरुका स्टल राखिएको थियो ।