बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले पुन: मतदानको माग गर्दै मतगणना अबरुद्ध भएका बाजुरा र स्याङ्जामा मतगणना सुचारु गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको आयोग पदाधिकारीहरुको बैठकले ती दुई स्थानमा मतगणना सुचारु गर्ने निर्णय गरेको हो ।

स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराका केही मतदान केन्द्रमा भएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा आयोग पदाधिकारीबीच भएको छलफलले मतगणना गर्ने निष्कर्ष निकालेको हो ।

आयुक्तहरुबीच मतगणना गर्ने कि मतदानमा जाने भन्ने विषयमा विवाद भएको थियो । ती दुई जिल्लाका केही मतदान केन्द्रमा धाँधली गरिएको, मृत्यु भएका व्यक्तिहरुको नाममा समेत मतदान गरिएको उजुरी आयोग समक्ष परेपछि मंसिर ४ गते भएको चुनावको मत गणना सुरु समेत हुन सकेको छैन ।