बेलायतका काभ्रेलीको अध्यक्ष बने सक्रिय समाजसेवी नारायण फुँयाल,अरु को चुनिए समितिमा ?

लण्डन ।  बेलायतमा बस्ने काभ्रेलीहरुको साझा संस्था काभ्रे सोसाइटी यूकेलेले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार मिडल्यान्डको बर्मिङहममा सम्पन्न संस्थाको दोश्रो अधिवेशनले सक्रिय सामाजिक अभियान्ता नारायण फुँयालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र अधिकारी, उपाध्यक्षहरुमा रुपक पौड्याल र बलराम मैनाली, महासचिव अश्विन नेपाल, सचिव राम श्रेष्ठ, कोषाध्यक्ष जीवन थापा र सहकोषाध्यक्ष जानकी लामा लगायत रहेका छन् । त्यस्तै सदस्यहरुमा यादव पराजुली, चन्द्र मैनाली, रीता श्रेष्ठ, शान्ता तामाङ, शम्भु गौतम, अर्जुन सापकोटा, विज्ञान हुमागाइं, प्रवेश केसी, विजय कार्की, संगीता भण्डारी र पदम गोले चुनिएका छन् ।

त्यस्तै, सोसाइटीका संस्थापक अध्यक्ष रविन्द्र शर्मालाई प्रमुख संरक्षक तथा डा महालक्ष्मी अधिकारी, दावा लामा, गोकर्ण हुमागाइं र मिलन शर्मालाई सल्लाहकारमा मनोनित गरिएको छ। निर्वाचन समिति संयोजक पत्रकार एवम् पूर्व डिएसपी बाचस्पति रेग्मीले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए।

त्यस अवसरमा शुभकामना दिंदै प्रमुख अतिथि एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटाले सामाजिक क्षेत्रमा उदाहरणीय र जुझारु क्रियाशिल फुँयालको नेतृत्वमा काभ्रे सोसाइटी यूकेले झन् राम्रा कामहरु गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे।

साझा नेपाली समाज यूकेका वरिष्ठ उपाध्यक्ष प्रेम मगर, सल्लाहकार एवम् यार्डली समाजका अध्यक्ष गोकर्ण हुमागाइं र कोभ्रेन्ट्रीस्थित अभियन्ता गोविन्द सापकोटाले शुभकामना दिएका थिए।

निवर्तमान कार्यसमितिका अध्यक्ष रविन्द्र शर्मा र उनको कार्यसमितिको प्रभावकारी कार्य सम्पादन र संस्थामा पुर्‍याएको योगदानका लागि उनले धन्यवाद ज्ञापन गरेका छन्।

अधिवेशनले निवर्तमान समितिका अध्यक्ष शर्मा र कोषाध्यक्ष बलराम मैनालीले प्रस्तुत गरेको प्रगति तथा आर्थिक प्रतिवेदन पारित गरेको थियो । अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम सल्लाहकार डा महालक्ष्मी पराजुलीले सञ्चालन गरेकी थिइन्।

सो अवसरमा शान्ति नेपाली समाज बेलायतका अध्यक्ष प्रबिण खराल, नेप्लिज सेफ एशोसिएसन यूके अध्यक्ष एवम् एनआरएनए आइसीसी सदस्य कोशलेश्वर ढकालसहित विभिन्न संघसंस्थाआबद्ध अभियन्ताहरु लगायतले नवगठित कार्यसमितिलाई बधाइसहित शुभकामना दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष फुँयालले लण्डन नेपाल न्यूजसगं कुराकानी गर्दै सोसाइटीले बेलायतवासी सम्पूणर् काभ्रेलीहरुलाई एकताबद्ध गर्ने, अन्य संघसंस्था तथा समुदायासँगको सहकार्य बढाउने र सामाजिक क्षेत्रमा थप क्रियाशिल बन्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

को हुन् अध्यक्षमा निर्वाचित फुँयाल ?

बेलायतमा सामाजिक अभियान्ताको रुपमा स्थापित नारायण फुँयाल काभ्रे सोसाइटी यूके स्थापनाको लागि पहलकर्ता एवम् संस्थापकमध्ये एक हुन् । उनले यसअघि संस्थामा वरिष्ठ उपाध्यक्षको रुपमा भूमिका निर्वाह गरेका थिए । नवनिर्वाचित अध्यक्ष फुँयाल मिडल्यान्ड मात्र नभइ सिंगो बेलायतमै एक सक्रिय समाजसेवी एवम् एनआरएनए अभियन्ता हुन् । श्रीजनशिल लेष्टर नेपालका वर्तमान अध्यक्ष फुँयाल एनआरएनए यूके सल्लाहकार एवम् साझा नेपाली समाज यूकेका पूर्व वरिष्ठ उपाध्यक्ष हुन् ।