लण्डन ।बिश्वभरिका समाजवादीहरूको साझा संगठनमा अमेरिकाका वरिष्ठ अधिवक्ता खगेन्द्र जिसी उपाध्यक्षमा निर्वाचित भएका छन् । गत नोभम्बर २५ का दिन स्पेनको राजधानी मेडरिडमा सम्पन्न भएको अन्तरष्ट्रिय सम्मेलनमा जिसी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

सोसलिस्ट इन्टरनेसनलको अन्तर्राष्ट्रियको महासभाबाट स्पेनका प्रधान मन्त्रि पेड्रो सान्चेज अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन् । त्यसै गरि महासचिवमा घानाका बेनेडिक्टा लासी सर्वसम्मत रूपमा चयन भएको स्पेनबाट वेद खरेलले बताए।

उक्त सम्मेलनमा सहभागी हुने नेपालको तर्फबाट दुइ जना खगेन्द जिसी र जनसंपर्क समिती अमेरिकाका पूर्व अध्यक्ष र वेद प्रसाद खरेल नेपाली काग्रेसका पूर्व महासमिती सदस्यले भाग लिएका थिए । उक्त महासभामा ११७ देशका ३५० जनाको सहभागिता रहेको थियो ।

यस आघि नेपाली कांग्रेसका सभापतिद्वय, महामानव बि पी कोइराला र शेर बहादुर देउवाले नेपाली कांग्रेसको प्रतिनिधित्व गरि उपाध्यक्ष जितेर प्रतिनिधित्व गरेको थिए ।







