सिड्नी । नेपाली मौलिकताको प्रवद्र्धन गर्ने उद्धेश्यले अस्ट्रेलियाका विभिन्न राज्यमा हुँदै आएको नेपाल फेस्टिबल तास्मानिया राज्यमा पनि पहिलो पटक हुँदैछ ।
नोभेम्बर ६ अर्थात आईतबार तास्मानियाको राजधानी होबार्ट स्थित पार्लामेन्ट हाउस लन्समा हुने नेपाल फेस्टिबल तास्मानियाको तैयारी अन्तिम चरणमा पुगेको छ ।
एनआरएनए तास्मानिया राज्यको आयोजनामा हुने फेस्टिबलले समग्र नेपाललाई एकै मञ्चमा चित्रण गर्ने एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा तास्मानिया सयोंजक राकेश शाक्यले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।
उनले फेस्टिबलको सम्पूर्ण तैयारी पुरा भएको र अब नोभेम्बर ६ अर्थात आईतबारको दिन कतिबेला आउँछ भनेर घँडीको टिन टिन आवाज कुरेर मात्रै बसेको बताए । उनले फेस्टिबलको अन्तिम तैयारी र हालसम्मका सम्पूर्ण कार्यक्रम र उक्त अवसरमा हुने कार्यक्रमको विषयमा अन्तिम पटक पत्रकार सम्मेलन मार्फत समेत जानकारी गराईएको बताए ।
फेस्टिबललाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत दिएको जिम्मेवारी सबैले सम्पन्न गरेको र अब अतिथि तथा पाहुनाहरुलाई स्वागत गर्न आतुर रहेको समेत बताए ।
एनआरएनएको ब्राण्ड फेस्टिबलको रुपमा विकास हुँदै गईरहेको नेपाल फेस्टिबल तास्मानियामा बढ्दै गएको नेपाली समुदाय र यहाँको बहुसांस्कृतिक समुदायलाई पनि नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्धेश्य राखरे पहिलो पटक आयोजना गरिएको बताए । नेपाल फेस्टिबलले नेपाली संस्कृतिलाई ठुलो समुदायसम्म पुर्याउन सहयोग पुग्ने उनको अपेक्षा छ ।
नेपालको पोखरा जस्तो भुगोल र प्राकृतिक वातावरण एवम् मौसमले नेपाललाई तास्मानियामा अझै प्रष्टसगं झल्काउने उनको भनाई छ । फेस्टिबलमा परेड, नेपाललाई चिनाउने नेपाल हाउस, नेपाली कलाकारहरुको सागींतिक प्रस्तुतीसगैं अन्य विभिन्न कार्यक्रमहरु रहनेछन् ।
पहिलो पटक आयोजना गरिएकाले अन्य राज्यहरुको जस्तै विभिन्न नेपाली मौलिक खाना, नेपाली हाउस, नेपाली संस्कृति झल्किने विभिन्न झाँकीहरु मारुनी, सोरठी देउडा, सालैजो लगातयतका नृत्यहरुसगैं अन्य नेपाल चिनाउने प्रस्तुतीहरु रहने शाक्यले बताए । दिपक बज्राचार्यको द रिदम ब्याण्ड सहित अन्य स्थानीय कलाकारहरुले बेजोड सागींतिक प्रस्तुती दिनेछन् ।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेल, स्थानीय मन्त्रीहरु सहित तास्मानिया स्थित स्थानीय नेपाली समुदाय र अन्य समुदायका व्यक्तिगरी झण्डै दश हजार दर्शकको उपस्थिति हुने आयोजकको अनुमान छ ।
नेपालीहरुको सबैको फेस्टिबल भएकाले सम्पूर्ण नेपाली समुदायका व्यक्तिहरु र अन्य समुदायका व्यक्तिहरुलाई उपस्थित भई रमाईलोमा सहभागी हुन शाक्यले अनुरोध गरेका छन् । नेपाल र नेपाली चिनाउने महाअभियानमा साथ र हात मिलाउँदै अगाडी बढ्न आग्रह गरे ।
फेस्टिबललाई केबिए ग्लोबल एजुकेसन एन्ड माइग्रेसन र आरजिआइटी अस्ट्रेलियाले मुख्य प्रायोजन गरेका छन् । भने अन्य दर्जनौँ सघंसंस्थाले प्रायोजन गरेका छन् ।






