तक्दीर अधिकारी, सिड्नी ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको उमन फोरम नारी निकुन्ज अष्ट्रेलियाले कोभिड १९ महामारीबाट प्रभावित भएका ब्यक्तीहरुको लागी निरन्तर रुपमा काम गर्दै आएको छ । हालै कञ्चनपुरको महेन्द्रनगरको महाकाली अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ , रोजगारी गुमाएर छाक टार्न समस्या भएका नागरीकहरुलाइ खानाको व्यवस्था गरिएको छ ।
पर्याप्त स्वास्थ्य सामग्री अभावमा असुरक्षित भइ काम गर्न बाध्य भएका कञ्चनपुरको महाकाली अस्पतालका स्वास्थ्य कर्मीहरुलाइ ५० हजार रुपैया बराबरको स्वास्थ्य सुरक्षा सामग्री दिभाइन पाथ इन्टरनेस्नलको सहयोगमा प्रदान गरिएको संस्थाकी संयोजक सन्ध्या शाहले जानकारी दिइन् ।

त्यसैगरी महामारी नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीको कारण रोजगार विहिन भइ गुजारा समेत चलाउन समस्या भएका काठमाण्डौको पशुपति क्षेत्रका बाल बालिका र महिला सहित १७० जनालाइ एक हप्ता सम्म खानाको समेत व्यवस्था गरिएको छ । एक दिनमा ७ हजार रुपैयाका दरले एक हप्तामा करिब ५० हजार रुपैया बराबरको खानाको व्यवस्था गरिएको शाहले जानकारी दिइन् ।
“हामीले विभिन्न समयमा कार्यक्रमहरु गरी आफ्नै कोष स्थापना गरेर काम गरीरहेका छौँ”, उनले भनिन्, “आफ्नो देशमा भइरहेका दुख पीडामा सक्दो मलम लगाउनु हाम्रो उद्धेश्य हो” । उनले कोष खडा गरेर नै हालसम्म विद्यालयहरु बनाएको, ३०० भन्दा बढी महिलाहरुको पाठेघरको निशुल्क शल्यक्रिया गरिएको, बालबालिकाहरुलाइ छात्राबृति प्रदान गरिएको जानकारी दिइन् । त्यसैगरी महिलाहरुको आर्थिक बिकासको निम्ती सिलाइ कटाइका तालिम सञ्चालन, सचेतनामुलक कार्यक्रम तथा कृषि सम्बन्धी अन्य कार्यहरु पनि गरेको गरिएको थियो ।
यो पनि पढ्नुहोस – सिड्नीमा हेल्थी फेमिली रिलेशनसिप सचेतना कार्यक्रम सम्पन्न






